क्वालालम्पुर, जेष्ठ २७ - मलेसियाले गैरकानुनी हैसियतका विदेशी कामदार विरुद्ध कारबाही तीव्र पारेको छ । डेढ सातामा मात्रै ४६ नेपालीसहित १ सय ६२ जना अवैध विदेशी कामदार पक्राउ परेका छन् ।
मलेसियाली सरकारले पछिल्लो समय आप्रवासी कामदार हरू लाई व्यवस्थित गर्ने भन्दै गैरकानुनी हैसियतमा बसिरहेका हरू माथि कडाइ गरेको छ । अवैध कामदारहरूको अखडामा छापा मारिएको गत जनवरी यताको यो दोस्रो पटक हो ।
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार रावाङ,पेनाङको बटरवर्थ, जर्ज टाउनलगायत विभिन्न क्षेत्रबाट कामदार पक्राउ परेका हुन् । पक्राउ पर्नेमा नेपाली, बंगलादेशी, बर्मेली, भारतीय,
कम्बोडियाली, पाकिस्तानीलगायत छन् ।तीमध्ये कतिपय व्यवसायीसमेत रहेको बताइएको छ। पक्राउ पर्नेमा रावाङबाट १३ नेपालीसहित १८,पेनाङको बटरवर्थ क्षेत्रबाट १८ नेपाली सहित ५५,जर्जटाउनमा १५ नेपाली र एक बंगलादेशीसहित ८९
जना विदेशी कामदार छन् ।
मलेसियाली अध्यागमन अधिकारीसहितको टोलीले ती स्थानहरू मा छापा मारेको हो । पक्राउ परेकामध्ये कोही रिहा भएको विवरण सार्वजनिक भएको छैन । पछिल्लो दुई वर्ष मलेसिया ले विदेशी गैरकानुनी कामदारलाई 'धपाउने'कारबाही तीव्र पार्दै आएको छ ।
मलेसियाली सरकारले रोजगारदाता कम्पनीलाई समेत त्यस्ता कामदारलाई रोजगारी नदिन चेतावनी दिँदै आएको छ । कम्पनीहरूले पनि त्यस्ता कामदार निकाल्न थालेका छन् ।
मलेसियास्थित नेपाली दूतावासका अनुसार गैरकानुनी हैसियत का नेपाली घरफिर्तीका लागि दूतावास धाउने क्रम बढ्दो छ । उनीहरू मलेसियाली अध्यागमनलाई निश्चित रकम जरिवाना तिरेपछि देश र्फकन पाउँछन् ।
त्यस्ता कामदारको संख्या प्रत्येक साता सरदर १ सय ६० जना हुने दूतावासले जनाएको छ । 'हरेक मंगलबार र बिहीबार ८०/८० जना गरेर अध्यागमन लैजाने गरेका छौं,' दूतावासका एक कर्मचारीले भने, 'त्यहाँ विशेष पास र जरिवाना रकम गरी प्रतिव्यक्ति ५ सय रिंगिट बुझाएर औंठाछाप विवरण लिएपछि अध्यागमनले आउटपास दिने गरेको छ ।' ती कर्मचारीका अनुसार आउटपास पाइसकेपछि कामदार आफैं हवाई टिकट किनेर घर फिर्न सक्छन् ।
अध्यागमनले दूतावासमार्फत घरफिर्तीका लागि प्रक्रिया अघि बढाउने कामदारसँग विशेष पासको १ सय रिंगिट र जरिवाना स्वरूप ४ सय रिंगिट लिँदै आएको छ ।
यीबाहेक कतिपय नेपाली दलालमार्फत 'सेटिङ'गरेर समेत फिर्ने गरेका छन् । त्यसरी फिर्न खोज्दा अधिकांश ठगिने एवं झन्
ठूलो समस्यामा पर्ने गरेका छन् । जनवरी २१ यताको धरपकड मा गैरकानुनी हैसियतका हजारौं आप्रवासी कामदार पक्राउ परिसकेका छन् । तीमध्ये सयौंको संख्यामा नेपाली पनि छन् ।
नेपाली दूतावासको जनवरी सम्मको तथ्यांक अनुसार मात्रै विभिन्न हिरासतमा गरी ६ सय ४६ जना नेपाली घरफिर्तीको पर्खाइमा छन् । उनीहरू हवाई टिकट उपलब्ध भएको खण्डमा स्वदेश फिर्न पाउनेछन् । त्यस्तै ३ सय ९९ जना नेपाली विभिन्न अभियोगमा जेल सजाय भोगिरहेको उक्त तथ्यांकमा उल्लेख छ ।
फिर्ता पठाइएका गैरकानुनी कामदार ५ वर्षसम्म मलेसिया आउन नपाउने भएका छन् ।मलेसियाली अध्यागमन बाट
घरफिर्तीका लागि अनुमति दिइएको पत्र(आउटपास) मा यो तथ्य उल्लेख गरिएको छ ।
0 comments
तपाईंको प्रतिकृया