सामुदायिक विद्यालयको कक्षा ९ देखि नै इन्जिनियरिङको पढाइ
सामुदायिक विद्यालयको कक्षा ९ देखि नै इन्जिनियरिङको पढाइ
जेष्ठ १३,
जेष्ठ १३,
शिक्षा विभागले सार्वजनिक सूचनामार्फत नयाँ नीतिअन्तर्गत ५ वटा प्राविधिक तथा व्यावसायिक विषयमध्ये एक पठनपाठन गर्न इच्छुक सामुदायिक उच्च माविहरूलाई प्रस्तावपत्र आह्वान गरेअनुसार शिक्षा निकेतनले इन्जिनियरिङ कक्षा सञ्चालनको स्वीकृति पाएको हो । प्राचार्य हिराकाजी बुढाथोकीका अनुसार पहिलो पटक देशभरिका १ सय विद्यालयहरूलाई प्राविधिक विषय पढाउने स्वीकृति दिने कार्यक्रममा २ सय २३ आवेदन परेको थियो । त्यसमध्ये पूर्वाञ्चलमा सुनसरीको शिक्षा निकेतन र मोरङको सुकुना उच्चमाविले कक्षा ९ देखि सिभिल इन्जिनियरिङ कक्षा सञ्चालन गर्ने स्वीकृति पाएका हुन् । विभागले स्वीकृति दिएका बाली विज्ञान, पशु विज्ञान, कम्प्युटर, इलेक्टि्रकल र सिभिल इन्जिनियरिङ मध्ये माध्यमिक तहमा पहिलो पटक सुरु गरिएको सिभिल इन्जिनियरिङ पाठ्यक्रम चार वर्षे छ । उनीहरूले १ सय पूर्णाङ्कका साविक पाठ्यक्रमको नेपाली, अंग्रेजी, गणित र विज्ञानबाहेक थप ६ सय पूणर्ांकको पाठ्यक्रमसहित १ हजार पूर्णाङ्क पढ्नुपर्ने छ ।
0 comments
तपाईंको प्रतिकृया