आजको राशिफल
आज वि.स.२०७१ साल भाद्र १० गते मंगलबार
आजको पञ्चाङ्ग
आज मिति २०७१ साल भाद्र १० गते मंगलबार,
तदनुसार अगस्त २६ सन् २०१४, श्रीशाके १९३६, नेपाल संवत् ११३४, प्लवङ्गनामकह संवत्सरह, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा प्रवेश गरिसकेका छन् । वर्षा ऋतु चल्दै छ । चन्द्रमान अनुसार भाद्रपदशुक्लपक्ष चलिरहेको छ । शौरमान अनुसार आज भाद्रपदशुक्लपक्षको प्रतिपदा तिथि ३७ घटि ३८ पला अर्थात रातिमा ८ बजेर ४३ मिनेटसम्म त्यस उप्रान्त द्वितीया तिथि लाग्नेछ ।
आज सूर्य सिंह राशिमा रहेको छ भने चन्द्रमा सिंह राशिमा अहोरात्र रहनेछ । आज दिनमा ३२ घटि ४ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर ४० मिनेटमा जयदेव मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ६ बजेर ३० मिनेटमा हुनेछ ।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आफन्तसंग कलह हुन सक्छ, मन चञ्चल हुनाले, वायूरोगले सताउनेछ सतर्क रहि कार्य सम्पन्न गर्नुहोला ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – आफन्तबाट विरोध हुने, पेशाप्रति असन्तुष्टि हुँदै जानेछ, आम्दानीमा कमी हुने, खर्चमा बृद्धि हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – मानसिक तथा शारीरिक आराम, पारिवारिक सहयोग पाइने, नयाँ ठाउँको भ्रमण हुनेछ, दिन शुभ छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – मानसिक पीडा थपिने, आँखामा खरावी आउने, अपजस पाइने, समग्रमा दिन खराब रहेकोछ सजक हुनुहोला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – शत्रुमाथि विजयले घरमा नया चहल पहल हुने, शैक्षिक प्रगति, आफन्तको सहयोगले अधुरो कार्य पूरा हुने छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – खाना नपच्ने, चोटपटकको भय, नकारात्मक सोचाई, धनमाल हराउन सक्नेछ होसियारी अपनाउनु होला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – आरोग्यता, प्रशन्नता, सबै कामबाट लाभ, आर्थिक पक्ष सवल रहनेछ, धार्मिक कार्यमा मन जाने छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – स्वास्थ्यमा क्रमिक सुधार हुने, कार्य अधुरा रहनेछन्, आफन्तले कुरा काट्ने, व्यापारमा मन्दी आउनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – स्वास्थ्यमा एक्कासि खराबी आउने छ, खानपानमा ध्यान पु¥याउनु होला, शोक पर्ने समाचार प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – सरकारी काम नबन्ने, यात्रामा विभिन्न बाधा आईपर्नेछ, इज्जतमा आँच आउने, कुनै न कुनै रोगले सताउने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – नयाँ मित्रसँग भेटघाट, आर्थिक क्षेत्रबाट लाभ हाँसिल, अधुरो कार्य पुरा हुने सम्भावना छ उपयोग गर्नुहोला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – आदर सत्कार पाइने, व्यापारबाट लाभ हुन सक्ने, टाढाको यात्रा सफल रहने, दिन अत्यन्तै शुभ रहने छ ।
आजको शुभ, लाभ र अमृत बेला:
आज २०७१ साल भाद्र १० गते मंगलबार बिहान ५:४० बजेदेखि ७:१० बजेसम्म रोग बेला, बिहानमा ७:१० बजेदेखि ८:४० सम्म उद्वेग बेला, बिहानमा ८:४० बजेदेखि १०:१० बजेसम्म चर बेला, बिहानमा १०:१० बजेदेखि ११:४० बजेसम्म लाभ बेला, बिहान ११:४० बजेदेखि दिनमा १:१० बजेसम्म अमृत बेला, दिनमा १:१० बजेदेखि २:४० बजेसम्म काल बेला, दिनमा २:४० बजेदेखि ४:१० बजेसम्म शुभ बेला, साँझ ४:१० बजेदेखि ५:४० बजेसम्म रोग बेला रहनेछ ।
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला । आजको साइत: आज पूर्व दिशाको बाहेक कुनैपनि दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।
राहुकालको समय : दिनमा ३:०० बजेदेखि ४:३० बजेसम्म राहुकाल रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

0 comments
तपाईंको प्रतिकृया