एकैदिन सुनको मूल्य ३३ सय घट्यो
सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा
३३ सय रुपैयाँ घटेको छ । गत शुक्रबार प्रातितोला ५५ हजार ८ सय रुपैयाँमा
कारोबार भएको छापावाला सुन सोमबार ५२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ
।
यो भन्दा अगाडि यति धेरै मात्रामा सुनको
मूल्य घटेको थिएन । अन्तर्राष्ट्रिय बजार सुनको मूल्यमा आएको भारी गिरावटले
नेपाली बजारमा पनि सुनको मूल्यमा ठूलो गिरावट आएको नेपाल सुनचाँदी
व्यवसायी महासंघले जनाएको छ । सोमबार बजारमा तेजाबी सुन तोलाको ५२ हजार २
सय रुपैयाँमा कारोबार भइरहेको छ । २०६९ साल भदौ महिनाको अन्तिमतिर ६१ हजार ८
सय रुपैयाँमा पुगेर कारोबार भएको सुनको मूल्य घट्दै आएर सोमबार ५२ हजार ५
सय रुपैयाँमा कारोबार भएको हो ।
बैशाख महिनाको सुरुवातसँगै विवाहको मौसम
समेत सुरु भएको छ । बजारमा सुनको अभाव भइरहेपनि सुनको मूल्यमा आएको व्यापक
गिरावटले विवाहको तयारी गरिरहेकाहरुलाई भने राहत मिलेको छ ।यसैगरी सोमबार नेपाली बजारमा चाँदीको
मूल्य पनि तोलामा ७० रुपैयाँ घटेर ९ सय ३५ रुपैयाँमा कारोबार भइरहेको
महासंघले जनाएको छ । गत शुक्रबार चाँदी तोलाको १ हजार ५ रुपैयाँमा कारोबार
भएको थियो ।
0 comments
तपाईंको प्रतिकृया