२७ भदौ, काठमाडौ । मलेसियामा बस दुर्घटनामा परी घाइते पर्वत बाजु्का प्रेमबहादुर रेग्मीले एक करोड १२ लाख क्षतिपूर्ति पाएका छन् । सन् २०१० जुलाईमा मलेसिया पुगेका रेग्मी जेसीवाई एचडीडी कम्पनीमा आउटसोर्स कामदारको रुपमा कार्यरत थिए । सन् २०१२ जुलाई १२ मा काम सकेर होस्टेल फर्किने बेला दुर्घटना भएको थियो । रेग्मीको दाहिने हात काटिएको छ ।
दुर्घटनाको दुई वर्षपछि बस कम्पनीसँगको कानूनी लडाइँ जितेपछि रेग्मीले क्षतिपूर्ति पाए । उनले मलेसियाको बिमा कम्पनीबाट पाँच लाख १० हजार एक सय ५० र बस कम्पनीसँगबाट एक करोड ६ लाख ५० हजार रुपैंयाँ क्षतिपूर्ति पाएको नागरिक दैनिकमा खबर छ ।
बिमा कम्पनीबाट विदेशी कामदार क्षतिपूर्ति योजना अन्तर्गतको रकम पाएका हुन् । बस कम्पनीले क्षतिपूर्ति रकम समयमा नदिएपछि थप पाँच हजार रिंगेट हर्जाना तिरेको छ । दुर्घटनापछि रेग्मी कार्यरत कम्पनी र मलेसियामा रहेका नेपालीले दायर गरेको मुद्दामा जोहोबारु अदालतले क्षतिपूर्तिको फैसला गरेको हो ।
उक्त रकमले के गर्ने भनेर योजना नबनाएको रेग्मीले बताए । रामै्र काम गर्ने सोंच छ तर अलिपछि,’ उनले भने । क्षतिपूर्ति श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ्को हातबाट रेग्मीलाई दिइएको छ । रेग्मीलाई क्षतिपूर्ति दिलाउन कम्पनीसँग कानूनी लडाई लडेका ओन्सुरिया म्यानेजमेन्टका प्रबन्ध निर्देशक दातो जिमी ताइ र कार्यकारी निर्देशक दातो अन्ना लिमसमेत उनीसँगै नेपाल आएका थिए!
ADVERTISE
काठमाडौं, भदौ १२– मलेसियास्थित जेसीवाई टेक्नोलोजी कम्पनीले नेपालीहरुलाई चरम यातना दिने गरेको त्यहाँ कार्यरत नेपालीहरुले बताएका छन् । एक नेपालीको मृत्यु भएपछि आन्दोलनमा रहका नेपालीहरुलाई कम्पनीले प्रहरी लगाएर चरम यातना दिँदै आएको पीडितहरुले बताएका छन् ।
गत सोमवार एक नेपालीलाई कम्पनीले उपचारमा वेवास्ता गरी उनको मृत्यु भएपछि सो कम्पनीका सबै कामदार आन्दोलनमा उत्रेका छ । गुल्मीको ईस्मारजस्थल–९ घर भई जोहरबारु स्थित सोहि कम्पनीमा कार्यरत केशव कुँवरले कम्पनीका विभिन्न ब्राञ्च गरी १५ सय भन्दा बढि नेपालीहरु आन्दोलनमा उत्रिएर काम ठप्प पारेका छन् ।
सोमवार त्यस कम्पनीको तेब्राउ शाखामा ताप्लेजुङ्गका हर्कबहादुर निरौला काम गर्दा गर्दै विरामी परेका थिए । विरामी उनलाई कम्पनीले अस्पताल लैजान नदिएर जवरजस्ती काममा लगाएको र पछि उनि सकिस्त भए पछि नेपालीहरुले अस्पताल लैजाने क्रममा उनको बाटैमा मृत्यु भएको थियो । त्यस विरुद्ध आन्दोलनमा उत्रेका नेपालीहरुलाई उक्त कम्पनीले प्रहरी लगाएर चरम दमन गर्दै आएको नाम उल्लेख नगर्ने सर्तमा सोहि कम्पनीका कार्यरत धादिङका एक युवाले बताए ।
आन्दोलनको सुरुवात मैं आन्दोलनका मुख्य नाईकेहरु भन्दै प्रहरीले २५ जना नेपालीहरु पक्राउ गरी बेपत्ता पारे पछि शान्तिपुर्ण आन्दोलन हिंसक बन्दै गएको गुल्मीका कुँवर बताउँ छन् । कुँवरले अनुसार कम्पनीमा आगाजनी, तोडफोले स्थिती तनावग्रस्त बन्दैगएको छ । आन्दोलनकारी नेपालीहरुलाई प्रहरीले १० किलो तौलको सिमेन्टको भलिवल बनाएर खेल्न लगाउने र भुँईमा खसाले निर्घात कुट्ने, मुखमा तातो पानी खन्याई दिने, अश्रुग्यास हान्ने जस्ता चरम दुव्यवहार हुँदा समेत मलेसियास्थित नेपाली दुतावास रमिते बनेको कुवँरले आक्रोस पोखे ।
कम्पनीको ज्यादती दिन प्रति दिन हिंसक बन्दै गए पछि कुँवर त्यस कम्पनीको लिडर भएको नाताले सम्पुर्ण नेपालीहरुलाई आन्दोलनमा उत्रारेको बताउँ छन् । पछिल्लो जानकारी अनुसार २ जना बंगाली सहित ४२ जना नेपालीहरुलाई प्रहरीबाट पक्राउ गराएर बेपत्ता पारिएको छ । सो कम्पनीको मलेशियाका विभिन्न राज्य र अन्य मुलकमा समेत ब्राञ्च भएको बताईएको छ ।
आन्दोलनरत नेपालीहरुका अनुसार विभिन्न मुलुकका कामदार माथी त्यस कम्पनीले चरम श्रम शोषण र दमन गर्दै आई रहेको छ। प्रहरी र नेपाली दुतावास संग मिल्ने र नेपाली कामदारको शोषण गर्न पल्केको उक्त कम्नीले ओभर टाईम काममा लगाएको पैसा नदिने , होस्टलमा पानी , विद्युत लगायत दिनु पर्ने सुविधा नदिने र विरामी पर्दा उपचार गर्न जाने अनुमति पत्र नदिने गरेको नेपालीहरु बताउँ छन् ।
कुँवरलगायतका विभिन्न जिल्लाका नेपालीहरुले नेपाल सरकारबाट सहयोग नपाएको भन्दै3सञ्चारमाध्यमबाट उद्दारका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइदिन आग्रह गरेका छन् । प्रहरीको कुटाईबाट कैयौं नेपाली थला परेको बताईएको छ। कुटाई र चरम यातानाले आफुहरुको मृत्यु नै हुने हो कि भन्ने डरमा रहेको उनिहरुले बताए ।
यस प्रति मलेशियाको नेपाली राजदुतावास गम्भीर नभएको आन्दोलनरत नेपालीहरुको गुनासो। राजदुतावासका अधिकारीसंग पटक पटक सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।
गुल्मीबाट प्रेम सुनारको सहयोगमा
क्वालालम्पुर, श्रावण २० - मलेसियामा गैरकानुनी हैसियतमा रहेकामध्ये १ हजार ९ सय ५९ जना नेपाली स्वदेश फिरेका छन् । केहीदिनअघि सार्वजनिक एक तथ्यांकअनुसार यसैबर्ष जनवरीदेखि जुन महिनासम्मको अवधिमा उनीहरु अध्यागमन विभागमा उपस्थित भई आत्मसमर्पण गरेर स्वदेश फिरेका हुन् ।
स्थानीय एक दैनिकमा प्रकासित समाचारअनुसार गत ६ महिनाको अवधिमा नेपालीसहित १५ हजार एकसय ९ जना गैरकानुनी आप्रवासी कामदारले आत्मसमर्पण गरेका थिए । उक्त अवधिमा त्यसरी फिर्नेमध्ये नेपालीको संख्या दोश्रो ठूलो हो ।
स्वदेश फिर्नेमा श्रीलंकाली सबैभन्दा बढी छन् । उक्त अवधिमा आत्मसमर्पण गर्नेमध्ये २ हजार २८ जना श्रीलंकाली, एकहजार ८ सय ५८ भारतीय, एकहजार ६ सय २९ फिलिपिनो, एकहजार ६ सय ६ इण्डोनेसियाली, एकहजार १६ बर्मेली, एकहजार ९ पाकिस्तानी, नौसय ५२ बंगलादेशी र नौसय ४८ जना भियतनामी रहेका जनाइएको छ ।
मलेसियाले गैरकानुनी आप्रवासी कामदारलाई विभागमा आत्मसमर्पण गरेपछि माफी पाउने र निश्चित रकम जरिवाना तिरेर स्वदेश फिर्नसक्ने अवसर दिंदै आएको छ । उसले पछिल्लोपटक गत आगामी डिसेम्बर ३१ सम्म अध्यगामन विभागमा उपस्थित भई जरिवाना र फिर्ती पासका लागि एकसय गरि ४ सय रिंगिट तिरेर घर र्फकने अवसरसमेत दिएको छ । दुईसाता अघिदेखि दिइएको उक्त अवसरको पनि तीन हजारभन्दा बढी गैरकानुनी आप्रवासीले सदुपयोग गरिसकेका जनाइएको छ । तर तीमध्ये कति नेपाली छन् भन्ने जानकारी छैन ।
अब गैरकानुनी हरेक नेपाली लगायत सबै आप्रवासी कामदार मलेसियाली अध्यागमन विभागमा पुगेर जरिवाना र फिर्ती पासका लागि ४ सय रिंगिट तिरेर सहजै स्वदेश फिर्न पाउँछन् । यसअघि नेपाली दुतावासको पहलमा जरिवाना र पासको लागि अहिलेभन्दा एकसय रिंगिट बढी तिरेर गैरकानुनी हैसियतका नेपालीहरु फिरेका थिए ।
गैरकानुनी आप्रवासीहरु सहजमाध्यम हुंदाहुंदैपनि स्वदेश फिर्न दलालको फन्दामा परेर ठगिने गरेका छन् । पर्याप्त सूचना प्रवाह हुँदासमेत उनीहरु दलालको भ्रममा पर्ने गरेका छन् । दलालमार्फत् घर फिर्न प्रतिव्यक्ति ३ हजार रिंगिटभन्दा बढी रकम खर्च गर्ने गरेका कयौं उदाहरणहरु छन् । तर मलेसियाले त्यस्तो सिन्डीकेट तोड्न न्युनतम शुल्क तिरेर फिर्नसक्ने व्यवस्था ल्याएपछि अब बहुसंख्यक आफैं अध्यागमन विभागमा उपस्थित भएर र्फकने विश्वास गरिएको छ । 'स्वदेश र्फकन चाहने गैरकानुनी नेपालीले कुनै दलालको पछि लाग्नुपर्दैन ।' दुतावासका एकजना कर्मचारी सुझाउँछन् 'फिर्ती हवाई टिकट र दुतावासबाट यात्रा अनुमतिपत्र भने लिनुपर्दछ । त्यति लिएर आफैं अध्यागमन गएर जरिवाना तिरे सहजै फिर्न पाइन्छ ।' मलेसियामा अझैपनि हजारौं नेपाली गैरकानुनी हैसियतमा रहेको हुनसक्ने अनुमान छ।
-ईकान्तीपुर
क्वालालम्पुर, जेष्ठ २७ - मलेसियाले गैरकानुनी हैसियतका विदेशी कामदार विरुद्ध कारबाही तीव्र पारेको छ । डेढ सातामा मात्रै ४६ नेपालीसहित १ सय ६२ जना अवैध विदेशी कामदार पक्राउ परेका छन् ।
मलेसियाली सरकारले पछिल्लो समय आप्रवासी कामदार हरू लाई व्यवस्थित गर्ने भन्दै गैरकानुनी हैसियतमा बसिरहेका हरू माथि कडाइ गरेको छ । अवैध कामदारहरूको अखडामा छापा मारिएको गत जनवरी यताको यो दोस्रो पटक हो ।
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार रावाङ,पेनाङको बटरवर्थ, जर्ज टाउनलगायत विभिन्न क्षेत्रबाट कामदार पक्राउ परेका हुन् । पक्राउ पर्नेमा नेपाली, बंगलादेशी, बर्मेली, भारतीय,
कम्बोडियाली, पाकिस्तानीलगायत छन् ।तीमध्ये कतिपय व्यवसायीसमेत रहेको बताइएको छ। पक्राउ पर्नेमा रावाङबाट १३ नेपालीसहित १८,पेनाङको बटरवर्थ क्षेत्रबाट १८ नेपाली सहित ५५,जर्जटाउनमा १५ नेपाली र एक बंगलादेशीसहित ८९
जना विदेशी कामदार छन् ।
मलेसियाली अध्यागमन अधिकारीसहितको टोलीले ती स्थानहरू मा छापा मारेको हो । पक्राउ परेकामध्ये कोही रिहा भएको विवरण सार्वजनिक भएको छैन । पछिल्लो दुई वर्ष मलेसिया ले विदेशी गैरकानुनी कामदारलाई 'धपाउने'कारबाही तीव्र पार्दै आएको छ ।
मलेसियाली सरकारले रोजगारदाता कम्पनीलाई समेत त्यस्ता कामदारलाई रोजगारी नदिन चेतावनी दिँदै आएको छ । कम्पनीहरूले पनि त्यस्ता कामदार निकाल्न थालेका छन् ।
मलेसियास्थित नेपाली दूतावासका अनुसार गैरकानुनी हैसियत का नेपाली घरफिर्तीका लागि दूतावास धाउने क्रम बढ्दो छ । उनीहरू मलेसियाली अध्यागमनलाई निश्चित रकम जरिवाना तिरेपछि देश र्फकन पाउँछन् ।
त्यस्ता कामदारको संख्या प्रत्येक साता सरदर १ सय ६० जना हुने दूतावासले जनाएको छ । 'हरेक मंगलबार र बिहीबार ८०/८० जना गरेर अध्यागमन लैजाने गरेका छौं,' दूतावासका एक कर्मचारीले भने, 'त्यहाँ विशेष पास र जरिवाना रकम गरी प्रतिव्यक्ति ५ सय रिंगिट बुझाएर औंठाछाप विवरण लिएपछि अध्यागमनले आउटपास दिने गरेको छ ।' ती कर्मचारीका अनुसार आउटपास पाइसकेपछि कामदार आफैं हवाई टिकट किनेर घर फिर्न सक्छन् ।
अध्यागमनले दूतावासमार्फत घरफिर्तीका लागि प्रक्रिया अघि बढाउने कामदारसँग विशेष पासको १ सय रिंगिट र जरिवाना स्वरूप ४ सय रिंगिट लिँदै आएको छ ।
यीबाहेक कतिपय नेपाली दलालमार्फत 'सेटिङ'गरेर समेत फिर्ने गरेका छन् । त्यसरी फिर्न खोज्दा अधिकांश ठगिने एवं झन्
ठूलो समस्यामा पर्ने गरेका छन् । जनवरी २१ यताको धरपकड मा गैरकानुनी हैसियतका हजारौं आप्रवासी कामदार पक्राउ परिसकेका छन् । तीमध्ये सयौंको संख्यामा नेपाली पनि छन् ।
नेपाली दूतावासको जनवरी सम्मको तथ्यांक अनुसार मात्रै विभिन्न हिरासतमा गरी ६ सय ४६ जना नेपाली घरफिर्तीको पर्खाइमा छन् । उनीहरू हवाई टिकट उपलब्ध भएको खण्डमा स्वदेश फिर्न पाउनेछन् । त्यस्तै ३ सय ९९ जना नेपाली विभिन्न अभियोगमा जेल सजाय भोगिरहेको उक्त तथ्यांकमा उल्लेख छ ।
फिर्ता पठाइएका गैरकानुनी कामदार ५ वर्षसम्म मलेसिया आउन नपाउने भएका छन् ।मलेसियाली अध्यागमन बाट
घरफिर्तीका लागि अनुमति दिइएको पत्र(आउटपास) मा यो तथ्य उल्लेख गरिएको छ ।
काठमाडौं : मलेसियाले नीतिगत आधारमा नभई हचुवाका भरमा नेपाली कामदारलाई फिर्ता पठाएको पाइएको छ। गतसाता १७
जना कामदारलाई भिसा लगाएको राहदानी रद्द गरिएकालेअवैध हुने भन्दै फिर्ता पठाइए पनि अहिले सोही प्रकृतिका राहदानी बोके का कामदारलाई उसले धमाधम प्रवेश दिएको छ।
नीतिगत व्यवस्था भएको भए उस्तै प्रकृतिका राहदानी प्रयोग गर्ने बाँकी कामदार जान नसक्ने श्रम तथा रोजगार मन्त्रालयका उच्चअधिकारीले बताए। मलेसियाले पाँच दिनअघि एकैसाथ १७
जना नेपाली कामदारलाई फिर्ता पठाएको थियो। त्यसपछि भने वैदेशिक रोजगार विभागको अनुमति लिएर यस्तै राहदानी बाहक दर्जनौं नेपाली कामदार मलेसिया गइसकेका छन्।
उनीहरूलाई फिर्ता पठाएको जानकारी नआएको तीअधिकारीले
बताए।'एउटै विषयमा फरक व्यवहार गरिएकाले नीतिगत
निर्णय नभएको पुष्टि हुन्छ', उनले भने। यसबाहेक मलेसियाले नेपालका जस्तै राहदानी बोक्ने अन्य मुलुकका कामदारलाई भने निर्वाध रूपमा प्रवेश गर्न दिइरहेको छ।
हस्तलिखित राहदानीमा भिसा लगाई एमआरपी बनाएका श्री लंका र बंगलादेशका कामदारलाई मलेसियाले रोकेको छैन।
एउटै विषयमा समेत फरक व्यवहार गरिएपछि यो समस्या समाधान गर्न नेपाल सरकारले कूटनीतिक पहलसमेत थालेको छ। मलेसियाले फिर्ता पठाइएका कामदारलाई तत्कालका लागि पर्यटक भिसामा पुन: जान दिने जानकारी दिएको छ।
वैदेशिक रोजगार विभागका महानिर्देशक जगन्नाथ देवकोटाले भिसा भएको राहदानी रद्द गरी भिसाको अवधि एमआरपीमा उल्लेख गरिएकाले नेपालका तर्फबाट कानुनी रूपमा कुनै पनि त्रुटि नदेखिएको बताए। 'विश्वभरकै नियम यही हो। वैदेशिक रोजगार विभाग र परराष्ट्र मन्त्रालयको केही पनि कमजोरी देखिँदैन', उनले भने,'मलेसियाले वैधानिक रूपमा गएका कामदार किन फर्कायो हामी पनि अचम्म परेका छौं।'
कामदार फिर्ता पठाउने क्रममा चलखेलभएको वैदेशिक रोजगार व्यवसायीको दाबी छ।नेपाली कामदारलाई मात्र फिर्ता पठाउनु ले आशंका उत्पन्न भएको एक व्यवसायीले बताए।मलेसियाले लामो समयदेखि स्वास्थ्य परीक्षणमा बायोमेट्रिक प्रणाली लागू गर्न दबाब दिइरहेको छ। नेपाल सरकारले भने बायोमेट्रिक
कार्यान्वयन नगर्ने निर्णय गरेको छ।
स्वास्थ्य परीक्षणमा वैज्ञानिक एवं अत्याधुनिक प्रविधि भनिए पनि यसले जाने कामदारको लागत ह्वात्तै बढाउने भएकाले सरकारले यो प्रणाली लागू नगरेको हो। नेपालले बायोमेट्रिक लागू नगरेपछि मलेसियाले अन्यायपूर्ण तरिकाले केही कामदारलाई फिर्ता पठाएको व्यवसायीको ठम्याइ छ।
स्रोतका अनुसार बायोमेट्रिक प्रणाली कार्यान्वयन नगरेकाले
मलेसियाका केही सरकारी अधिकारी र एजेन्ट नेपाल सरकारसँग रुष्ट बनेका छन्। वैदेशिक रोजगारमा जाने कामदार को स्वास्थ्य परीक्षण गराउने संस्थासमेत यो विषयमा दुई
खेमामा विभाजित भएका छन्। एउटा पक्षले बायोमेट्रिक लागू गर्न चर्को दबाब दिइरहेका छन् भने अर्काथरीले कुनै पनि हालत मा कार्यान्वयन गर्न नहुने बताइरहेका छन्।
मलेसिया नेपाली कामदारको आकर्षक रोजगार गन्तव्य हो। लामो समयदेखि बिदेसिने मुलुकमध्ये यसले पहिलो स्थान कायम गर्दै आएको छ। हाल मलेसियामा करिब पाँच लाख ५०
हजारजना नेपालीले काम गरिरहेको अनुमान छ।बहुराष्ट्रिय कम्पनी खुल्नेक्रम बढेकाले अर्धदक्ष र दक्ष नेपालीले सजिलै काम पाउने गरेका छन्।
तुलनात्मक रूपमा खाडी मुलुकमा भन्दा खुला समाज र मिल्दो जुल्दो हावापानी भएकाले नेपाली कामदारको रोजाइ मलेसिया परेको हो।
श्रीमतीसंग फोनमा कुरा गर्दागर्दै कतारमा उड्यो श्रीमानको प्राणपखेरु,
करिब ४ बर्ष अघि सपनाको तानाबाना बुनेरकतार छिरे
का पुरुषोत्तम गिरीको प्राणपखेरु अब यो संसारमा रहेन । गत अप्रिल २० तारिखको राति खाना खाइवरी चितवनको रत्ननगर नगरपालिका मा डेरा लिई बस्दैआएकी गिरीकी श्रीमती भवानी धिताल गिरी र उनका एकमात्र ९ बर्षीया छोरी प्रकृति गिरीसंग
उनले कतारको समयानुसार रातको ११ बजे नेपाल फर्किएपछि गर्न भावी योजनाका बारेमा भलाकुसारी गर्दैछोरीका मागहरुलाई
बाचा गरेका कुराकानीको स्मरण गर्दैछिन,धर्मपत्नी भवानी धिताल गिरी।
स्यांग्जा जिल्ला शांखर गाविस वडा नं. ६ बेल्दीघाटमा रहेको ५ अंश लाग्ने जम्मा ६ रोपनी मात्र सुख्खा पाखाबारी भएका गिरी कामको सिलसिलामा १२ बर्ष अघि चितवन झरेका हुन् ।
चितवनमा उनीहरु एकअर्कामा मन पराएर भागी विवाह गरेका थिए ।एक्लो ज्यान हुँदा त आफु पालिधौधौ परेका गिरीले छोरी आकृतिको जन्म भएपछि ५ बर्षकी छोरी आकृति र श्रीमतीको सुखद भविष्यको कल्पना गर्दै ऋण गरी कतार आएका रहेछन्।
आफ्नो माईतीघरको शरणमा रहँदै आएकी भवानीको लागि घर व्यवहारका कुरा र नितान्त प्रेमिल कुराकानी भएको अप्रिल २०
को रात नै कालकूट सरह भयो।
९ बर्षीया छोरी आकृति र श्रीमतीसंग अब दोश्रो पटकको छुट्टी मा घर आउने बाचा गर्दै एक घन्टा सम्म कुराकानी गरेर फोन राखे पछि उनलाइ श्वाश प्रश्वाशमा कठिनाई भएर एकोहोरो आवाज निकाल्न थालेपछि एम्बुलेन्स बोलाएर अस्पताल लैजादैगर्दा बाटोमा नै गिरीको देहवसान भएको खबर पाएपछि यता चितवन मा रहँदै आएकी भवानी बेहो हुन पुगिछन् ।
आफ्नै आड भरोसा नै यो संसारमा नरहेपछि भवानीलाई मानसिक आघा पुग्नु कुनै नौलो कुरो पनि भएन।बल्ल बल्ल करिब ४ बर्षमा आधाजसो मात्र नयाँ पुराना ऋणबाट उन्मुक्ति पाएको अवस्थामा श्रीमानको त्यो अवस्थाको समाचार सुन्नुपर्दा भोलिका दिनमा टुहुरी छोरीलाई चेपेर बिताउनु पर्ने एकांकी पट्यारलाग्दो थुप्रै बर्ष निखन्न र तिर्न बाँकी रहेका साहु महाजनका बक्यौता ऋण कसरी तिर्ने भनेर उनी थप चिन्तित भएकी छिन्।
सासु ससुरा लगायत देवर जेठाजु सहित ५ अंश लगाउनुपर्ने
६ रोपनी सुख्खा पाखा बारीमा केहि नफल्ने हुनाले बाँदरले पनि टेक्न छोडेको बारीको उब्जाउले न त बिधवी भवानीको छोरी आकृतिलाई नै दुई पेट अघाउञ्जी खान पुग्ने अन्न फल्छ, न त
छोरीको लालनपालन र पढाईको लागि नै अन्य कुनै आयश्रोतको बाटो नै जिउँदो रहेको छ।
यिनै भावी दिनको चिन्तामा ग्रस्त हुँदै भवको नियती र त्यसको फलस्वरुप सिर्जित बाध्यात्मक परिस्थितीवश सिर्जित काला दिनहरु सम्झिदै बिधवी भवानी कतारमा मृत्युवरण गर्न पुगेका आफ्ना पति गुम्नुको पिडाले आक्रान्त हुँदै लाश आउने दिनको प्रतिक्षामा बसिरहेकी छिन्।
उनको पार्थिव शरीरलाई यथाशक्य छिटो नेपाल पठाउनको लागि कतारस्थित नेपाली नियोगका कार्यवाहक राजदुत गणेश ढकाल र
स्यांग्जा सहयोग समाज कतारका अध्यक्ष रामु बस्याल लागिरहेका छन् ।
गिरी कार्यरत कम्पनीबाट सम्पुर्ण कागजात दुतावासमा आएको दिनमा नै उनको शव उनको निकट परिवारलाई तुरुन्त पठाउने प्रबन्ध गर्ने आश्वाशन दि दै कार्यवाहक राजदुत ढकालले भन्नुभयो,“यो हाम्रो दायित्व हो र गिरीको शवलाईजतिसक्दो छिटो नेपाल पठाउने कुरामा दुतावास ले कुनै ढिलाई गर्ने छैन ।”
आफुलाई र छोरीलाई पाल्ने पोस्ने जिम्मा लिएर कतार भासिएका श्रीमान्को शीर ढलेपछि आक्रान्त भएकी भवानीले रुँदै भनिन्, ‘अब
यो एउटा छोरीको शिक्षा दीक्षा र लालनपालन म एक्ली आईमाईले कसरी गरुँ ?’
निम्न आर्थिक अवस्था भएको माइतीघर चितवन डाँडागाउँमा आश्रय लिदै आएकी भवानीले बताईन् ,”छोरीको शिक्षादीक्षाको लागि सहयोगको अपेक्षा राख्दै भवानीले भनिन छोरीको शिक्षा दीक्षाको लागि कोहि भगवान बनेर आईदिए आफुले एक झप्को निद्रा त पानीमाथि निदाएर पनि बिताउने थिएँ ।”
वैशाख ९
संयुक्तअरब इमिरेट्समा नेपाली कामदारले समूह बनाएर नियमित वचत गर्ने क्रम बढेको छ।
परदेशमा कमाएको रकमलाई मासिक रुपमा वचत गर्न नेपालका गाउँ, जिल्ला र अञ्चल अनुसारका बचत कोष स्थापना भएका छन्।
यूएईमा कार्यरत नेपालीको यस्ता १२भन्दा बढी सामुहिक बचत कोष सञ्चालनमा छन् ।
यी समूहले बचत कर्तालाई सहुलियतमा ऋण दिने र अफ्ठेरोमा परेकालार्इ सहयोग गर्ने गर्छन्।
नेपाली कामदारले हालै दुबइमा क्षेत्रीय स्तरको बचत कोष सञ्चालन मा ल्याएका छन् । थोरैदेखि धेरै कमाउने सबै नेपाली लाई समेट्न कर्म भूमि बचत तथा ऋण सहकारी लगानी कोष स्थापना गरिएको संस्थापक अध्यक्ष ऋषिराम पाठकले बताउनु भयो।
यो कोषमा १ सय १ जना सदस्यले मासिक रुपमा १ सय१ दिराम्स अर्थात झण्डै २७ सय नेपाली रुपैयाँ संकलन गर्छन्। यूएईमा संकलित रकम पछि नेपालमा सामुहिक लगानी गर्ने तयारी रहेको पाठकले बताउनुभयो।
पूर्वी नेपालका युवाहरुले ब्राइट फ्युचर बचत कोषमा सञ्चालन गरेर १३ लाख रुपैयाँ वचत गरिसकेका छन्।
अर्घाखाँचीबाट युएइ आएकाहरुले दुई बर्षअघि स्थापना गरेको कोषमा पनि झण्डै १ करोड रुपैयाँ बचत भएको छ। संकलित रकम अर्घाखाँची जिल्लामा नै उपयुक्त क्षेत्रमा लगानी गर्ने तयारी छ।
कोषले अहिले आफ्नै ब्यबस्थापनमा सुपरमार्केट स्थापनाको अध्ययन गरिरहेको कोषाध्यक्ष चिरन केसीले बताउनुभयो।
कतिपय बचत समूहले अन्तरराष्ट्रिय स्तरको सञ्जाल बनाएर नेपालमा लगानी भित्र्याइसकेका छन्।
ग्लोबल क्यापिटल इन्भेस्टमेण्टको नाममा दर्ता गरी हाल नेपाल का धेरै ठाउँमा कृषिमा लगानी गरिएको छ। गैर अवासीय नेपाली संघका पूर्व अध्यक्ष देवमान हिराचन लगायतको समूहले गरेको बचतबाट जम्मा भएको १०करोड रुपैयाँ नेपालमा लगानी गरेको यूएईमा रहेका समूहका सदस्य कृष्णबहादुर ढकालले बताउनु भयो।
बिदेशमा कमाएको रकमलाई धेरथोर भए पनि मासिक
बचत गर्दा पछि एकमुष्ट धेरै रकम हुने र स्वदेशमा सामुहिक
लगानी गर्न सकिने वचत समूहमा सक्रिय सदस्य हरु बताउँछन्।