खर्चालु साथीको पहिचान यसरि गर्नु पर्छ
के जीवनसाथी खर्चालु छन् ?ः
विभिन्न शोधले पैसाका कारण धेरैको दाम्पत्य
जीवन धरापमा परेको औंल्याएको छ । जब दम्पतीबीच खर्च र आम्दानीबीच असमानता
हुन्छ तब आपसमा ठाकठुक सुरु हुन्छ । श्रीमान्-श्रीमतीमध्ये एक बचत गर्ने र
अर्को खर्चालु भए झगडा हुन्छ । त्यसैले दुवैमा मनमुटाव हुन्छ । झगडा मात्र
होइन छोडपत्रको अवस्था पनि आउन सक्छ । कतिपय अवस्थामा आवश्यक वस्तु खरिद
गर्दा ज्ञानको कमीका कारण फजुल खर्च गरिन्छ । त्यसैले सबैभन्दा पहिले
जीवनसाथी फजुल खर्ची छ कि छैन निश्चित गर्नुपर्छ । कहिलेकाहीँ सामान खरिद
गर्दा धेरै छुट पनि पाइन्छ । घरको बजेट बिगि्रए पनि त्यसलाईर् फजुल खर्चमा
राख्न मिल्दैन ।
फजुल खर्चः
फजुल खर्चः
पार्टनरले अनावश्यक सामान खरिद गर्नु ।
क्रेडिट कार्डको प्रयोग गरी अधिक खर्च गर्नु । किनेका सामान परिवारका सदस्यबाट लुकाउनु ।
५ वटाभन्दा बढी क्रेडिट कार्ड बनाउनु ।
जतिबेला पनि पैसा खर्च गर्ने विषयमा विभिन्न सोच बनाउनु ।
यदि ऋणसँग डर लाग्दैन भने ब्याजले गर्दा फजुल खर्च हुनसक्छ ।
क्रेडिट कार्ड भुक्तान गर्दा खर्चको अनुमान हुँदैन । यसबाट आवश्यकताभन्दा बढी पैसा खर्च हुन्छ ।
समस्यालाईर् गम्भीरतापूर्वक लिनुपर्छ ः
क्रेडिट कार्डको प्रयोग गरी अधिक खर्च गर्नु । किनेका सामान परिवारका सदस्यबाट लुकाउनु ।
५ वटाभन्दा बढी क्रेडिट कार्ड बनाउनु ।
जतिबेला पनि पैसा खर्च गर्ने विषयमा विभिन्न सोच बनाउनु ।
यदि ऋणसँग डर लाग्दैन भने ब्याजले गर्दा फजुल खर्च हुनसक्छ ।
क्रेडिट कार्ड भुक्तान गर्दा खर्चको अनुमान हुँदैन । यसबाट आवश्यकताभन्दा बढी पैसा खर्च हुन्छ ।
समस्यालाईर् गम्भीरतापूर्वक लिनुपर्छ ः
जोडीहरूका लागि पैसाभन्दा पनि
सम्बन्ध महत्वपूर्ण हुन्छ । जोडीहरूको भावना आपसमा जोडिएको हुन्छ । यदि
आफ्नो जीवनसाथीको चाहना पूरा गर्न आफू असमर्थ भए आफूलाईर् सोहीअनुसार
ढाल्नुपर्छ । फजुल खर्चमा रोक लगाउनुपर्छ । पैसाले मात्र समस्या उत्पन्न
हुन्छ भन्ने छैन । आफ्नो आर्थिक अवस्था राम्रो भए पनि साथीको फजुल खर्चले
समस्या उत्पन्न गर्न सक्छ । आफूले बचत गरेको पैसा साथीले जहाँ वायो त्यहीँ
खर्च गरिदिँदा असह्य हुनसक्छ । सधैं गरिएको खर्चलाईर् बेवास्ता गर्न
सकिँदैन । यदि खर्च अपेक्षा गरेभन्दा बढी भए ऋण बढ्न सक्छ । बचत कम हुनु
गम्भीर समस्या हो । यसको निकास चाँडै निकाल्नुपर्छ ।
लापरबाहः
लापरबाहः
यस्ता पार्टनरसँग डिल गर्न निकै असजिलो हुन्छ । उनीहरू अरू
विषयमा सतर्क भए पनि पैसाका मामिलामा लापरबाह हुन्छन् । यस्ता मानिसहरू
पैसाकै विषयमा कुराकानी गर्न मन पराउँछन् । यस्ता जोडीमा आर्थिक लेनदेनको
जिम्मा अर्को पार्टनरलाईर् दिनुपर्छ । जसमा मनी म्यानेजमेन्ट स्किल होस्,
जसले पैसालाईर् किफायती ढंगले खर्च गर्न सकोस् ।
पूर्वसूचनाः
पूर्वसूचनाः
यदि पार्टनर दोस्रो श्रेणीमा आउँछ भने त्यस्ता पार्टनरलाईर्
नियन्त्रण गर्न कठिन हुन्छ । यस्ता पार्टनरको खर्चिलो बानीले सधैं समस्या
उत्पन्न गराउँछ । एउटा पार्टनरले आफ्नो गच्छेअनुसार खर्च गर्ने तर अर्कोले
मनपरी खर्च गर्ने व्यवहारले समस्या उत्पन्न गर्छ । यदि पार्टनरले बल्कमा
सामान खरिद गरी पैसा बचाउने मनसाय राखेको भए त्यसलाईर् फजुल खर्च भन्न
मिल्दैन । यसले बजेट बिग्रने सम्भावना भए आफ्नो पार्टनरलाईर् पूर्वसूचना
दिनुपर्छ ।
आपसी समझदारीः
आपसी समझदारीः
अनावश्यक रूपमा खर्च गर्ने पार्टनरसँग डिल गर्न गारो
हुन्छ । सामान किनेर आफ्नो चाहना पूरा गर्न उनीहरू ऋण लिन पनि पछि
पर्दैनन् । यदि आफ्नो पार्टनरलाईर् सपिङ मेनिया भएजस्तो लागे तुरुन्त
विशेषज्ञको सल्लाह लिनुपर्छ । पैसाले सुख खरिद गर्न नसकिए पनि त्यसले
कहिलेकाहीँ दुःख दिनसक्छ । कुनै-कुनै बेला पैसाको कमीले होइन खर्चप्रतिको
दृष्टिकोणले समस्या उत्पन्न गराउँछ । आफूले आवश्यकता महसुस गरेको
सामानलाईर् पार्टनरले आवश्यकता नमान्न सक्छ । त्यसैले समस्या आउन नदिन
समयमै आपसी समझदारी कायम गर्नु उपयुक्त हुन्छ ।
0 comments
तपाईंको प्रतिकृया