एसीसी यु–१६ क्रिकेटको उपाधि नेपाललाई, (फोटो फिचर)
काठमाडौं, भाद्र ४ । मलेसियामा सम्पन्न यु–१६ प्रिमियर क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । राउन्ड रोबिन लिगको आधारमा सञ्चालित प्रतियोगिताको अन्तिम खेलमा आयोजक मलेसियालाई ३२ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।
एसीसीको १६ वर्षे उमेर समूहमा नेपालको यो पहिलो उपाधि हो। यसअघि एसीसी यु–१६ एलिट कपको नामले दुईपटक भएको प्रतियोगितामा नेपाल दुबैपटक फाइनलमा पराजित भएको थियो।
यसपटकदेखि एसीसीले प्रिमियर लिगको नाममा प्रतियोगिता खेलाएको हो । समूहमा लगातार ४ खेल जितेको नेपालले अन्तिम खेलमा आज मलेसियालाई ३२ रनले हराएको हो । खेलमा टस हारेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर एक सय ६१ रन बनायो ।
नेपालको लागि पवन सर्राफले २६ बलमा सर्वाधिक ४४ रन बनाए। यसैगरी, रवि चन्दले ३२ रनको योगदान दिए । जवाफमा १ सय ६२ रनको लक्ष्य पछ्याएको मलेसिया ३७औं ओभरमा १ सय २९ रनमै समेटिएपछि नेपालले उपाधि जितेको हो । खेलमा नेपालका पवन सर्राफ म्यान अफ द म्याच घोषित भए ।














0 comments
तपाईंको प्रतिकृया