थाइलेन्डमा नेपाली महोत्सब २०१४ भव्यरुपले सम्पन्न
बैँकक । थाइल्याण्डमा नेपाली महोत्सव२०१४ भव्यरुपले सम्पन्न भएको छ । महोत्सव गैरआवासीय नेपाली संघ थाइल्याण्डले
पहिलो पटक बैंककमा शनिबारआयोजना गरेको हो । बैंककस्थित एटि्रयम होटलमा आयोजना गरिएको महोत्सवको उदघाटन
सम्माननीय थाई राजकुमारी प्रापापन पानुपन कोर्न कोसियाकाजले विशेष समारोहका बीच गर्नुभएको हो राजकुमारी कोर्न कोसिया काज लाई बैंककस्थित नेपाली दूतावासका निमित्तराजदूतडोरनाथ अर्याल, गैरआवासीय नेपाली संघ थाइल्याण्डका अध्यक्ष खगेन्द्रराज ढकालले बुकेका साथसाथै पञ्चकन्या र आयोजक समितिले स्वागत गरेको थियो ।
उहाँको स्वागतको लागि रातो कार्पेटको व्यवस्था गरिनुको साथै मानिसहरुले लाइन बसेर स्वागत गरेका थिए ।
राजकुमारी कोर्नकोसियाकाजको मुख्य कार्यक्रम हलमा प्रवेश अघि उहाँले नेपाली वस्तुहरु सजाइएको प्रदर्शनीको अवलोकन गर्नुभएको थियो । उहाँ मुख्य कार्यक्रमहलमा प्रवेशगर्दा शाही धुनद्धारा स्वागत गरिएको थियो भने त्यपछि थाईल्याण्ड र
नेपालको राष्ट्रिय धुन बजाइएको थियो ।
निमित्त राजदूत डोरनाथ अर्यालले स्वागतमन्तव्य राख्नु भएको थियो भने गैरआवासीय नेपाली संघ थाइल्याण्डका अध्यक्ष
खगेन्द्रराज ढकालले प्रदर्शनी आयोजनाको उद्देश्यबारेमा प्रकाश गर्नुका साथै राजकुमारी कोर्नकोसियाकाज तथा अन्य आमन्त्रित हरुप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो । ढकालले अपेक्षा गरेअनुसार नेपाललाई प्रवर्द्धन गर्न प्रदर्शनी सफल भएको दावी गर्नुभएको थियो उदघाटन मन्तव्य दिँदै राजकुमारी कोर्न कोसिया काज ले नेपाल महोत्सव २०१४ मा सहभागी हुनपाउँदा खुशी लागेको वताउनु भयो ।
उहाँले नेपाली संस्कृति र प्रस्तुतिको कार्यक्रमले निश्चय नै नेपाल
र थाइल्याण्डबीचको सम्वन्ध थप विस्तारगर्न सहयोग पुर्याउने वताउनुभयो । उहाँले भन्नुभयो,’सहकार्य र सहयोगको भावना यस महोत्सवको ट्रेडमार्क बन्नेछ,सोही भावनाअनुसार हामी हाम्रा दुई देशका जनताका साझा स्वार्थका आधारमा दुईदेशबीचको सम्वन्ध थप झाँगिने गरी हाम्रा भावनाहरुलाई आदानप्रदान गरेर
दुई देशबीचको सम्वन्ध बलियो बनाउन सँगसँगैकाम गर्न सक्छौ भन्ने मलाई विश्वास छ ।
मलाई विश्वास छ थाइल्याण्डका नेपाली समुदाय त्यसदिशामा निरन्तर प्रयासरत हुनेछ ।
उदघाटन मन्तव्यपछि राजकुमारी कोर्नकोसियाकाजलेरिवन काटी कार्यक्रमको औपचारिक उदघाटन गर्नुभएको थियो । उदघाटनका क्रममा,गैरआवासीय नेपाली संघ थाइल्याण्डका अध्यक्ष ढकालले
राजकुमारी कोर्नकोसियाकाजलाई मायाको चिनोको रुपमा स्वयम्भु को स्तुपा हस्तान्तरण गर्नुभएको थियो ।
त्यसपछि राजकुमारी कोर्नकोसियाकाजले गैरआवासीय नेपाली संघ थाइल्याण्डलाई नेपाल महोत्सव आयोजना गरेको तथा आफूलाई आमन्त्रण गरेकोमा प्रसंशापत्र प्रदानगर्नुभएको थियो ।
उदघाटन कार्यक्रमपछि राजकुमारी कोर्नकोसियाकाजले नेपाली संस्कृतिक प्रस्तुतिको अवलोकन गर्नुभएको थियो ।
उहाँ चार घण्टा महोत्सव परिसरमा बिताउनुभएको थियो । सोही क्रममा उहाँले रात्री भोजमा पनि सहभागी हुनुभएको थियो ।
कार्यक्रममा ठूलो संख्यामा नेपाली, थाई,अन्तर्राष्ट्रिय
समुदायको उपस्थिति रहेको थियो ।विभिन्न २५ मुलुकका करिव चारसयले महोत्वको मुख्य प्रदर्शनी तथा रात्रीभोजमा सहभागी भएको गैरआवासीय नेपाली संघ थाईल्याण्डका महासचिव केदार
तिमल्सिनाको रिपोटिङ छ । तिमल्सिनालेकार्यक्रमा ठूलो संख्यामा कुटनीतिज्ञ,पूर्व मन्त्री, प्राध्यापक, व्यवसायी, टुर
अपरेटर, सञ्चारकर्मी सहभागी भएका थिए ।
महोत्सवमा मुख्य साँस्कृतिक प्रस्तुतिको रुपमा अङगुली नृत्य, झागडनृत्य, कुमारी नृत्य, लाखे नाच, शिवताण्डप, आरती नृत्यलगायत थिए ।महोत्सवको अर्को आकर्षक पक्ष भनेको फेशन परेड थियो जहाँ नेपालको हिमाली क्षेत्रदेखितराईसम्मका पहिचन समेटिएको थियो ।
अन्तर्राष्ट्रिय अवलोकनकर्ताहरुले विभिन्न नेपाली उत्पादन खरिद
गर्नुको साथै चासोपूर्वक अवलोकन गरेका थिए । महोत्सव
तयारी समितिको संयोजक समेत रहेका गैरआवासीय नेपाली संघ थाइल्याण्डका उपाध्यक्ष दिलबहादुर थापाका अनुसार एक हजार भन्दा बढीले मेलाको अवलोकन गरेका थिए ।
मेलामा नेपाली दूतावास, नेपालवायुसेवा निगमसहित दर्जन
बढी निजी व्यवसायिक र्फमहरुले सहभागिता जनाएका थिए ।
गैरआवासीय नेपाली संघ थाइल्याण्डका युवा संयोजक दिपेश
श्रेष्ठका अनुसार महोत्सवमा मानिसहरुलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको थियो ।
महोत्सव रहेको मुख्य हलमा भनेप्रवेशको लागि पासको व्यवस्था गरिएको थियो ।
महोत्सव समापन समारोहमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका उपाध्यक्ष भवन भट्टले आयोजक समिति, सहयोगी र प्रायोजकलाई धन्यवाददिनुभएको थियो । शनिबार दिउसो राजकुमारी कोर्नकोसियाकाजले
सहभागीदेखि गैरआवासीय नेपाली संघका अध्यक्ष खगेन्द्रराज
ढकालसँग नेपालको जनजीवनको बारेमा जिज्ञासाराख्नुको साथै भविश्यमा नेपाल भ्रमणको इच्छा जाहेर गर्नुभएको थिय
'' Download |





0 comments
तपाईंको प्रतिकृया