१३०० बर्ष पुरानो बुद्धिस्ट मन्दिर "माउन्ट ओमिनि"
जापान को एक दुर्गम गाँउमा १३०० बर्ष पुरानो एउटा ठुलो बुद्धिस्ट मंदिर रहेको छ।जसलाइ माउन्ट ओमिनी MOUNT OMINE नामले चिनिन्छ! मनमोहक दृश्य एबम पहाड़, हरियाली अनि झरनाको बीचमा अवस्थित यो पुरानो मंदिरमा महिला हरुलाइ प्रबेष निषेध गरिएको छ!
मन्दिरको प्रवेश द्वार मा एउटा बोर्ड राखीएको छ जसमा लेखिएको छ कि याँहा महिला प्रवेश निशेध छ! मन्दिरमा महिलाहरुलाइ प्रवेश गर्न निशेध गरिएको भन्दै त्याँहाका महिलाहरुले बिरोध नगरेका होइनन् तर धार्मिक कथन अनुसार महिला पस्न नपाउने भएकोले यो नियम अझ सम्म यथावत नै रहेको भन्ने भनाइ त्यस मन्दिर वर परका बासिन्दा हरु भन्छन!
यो मन्दिर जुन ठाँउमा अवस्थित छ त्यस ठाँउ जापानकै सबै भन्दा सुन्दर ठाँउमा गनिन्छ! हरियाली जंगल, पहाड़ अनि झरनाहरुले घेरिएको यो मन्दिर मा दर्शन गर्न जानेहरुको त्यो मनमोहक दृश्यले मन लोभ्याउने गर्छ जसको कारण यस मन्दिरमा सँसारका कुना कूना बाट दर्शनार्थी आउने जाने गर्छन!
भनिन्छ यो ठाँउ जापानको सबै भन्दा सुन्दर र पहाडि भुभाग मध्ये सबै भन्दा अग्लो पहाडि भुभाग पनि भन्ने गरिन्छ! हेरौँ जापानमा आवस्थित बुद्धिस्ट मन्दिर "माउन्ट ओमिनि" को तस्विर !





0 comments
तपाईंको प्रतिकृया