अब स्काइपमा निसुल्क ग्रुप कलिङ


स्काईपले ग्रुप भिडियो कन्फ्रेन्सलाई निःशुल्क बनाएको छ । सन् २०१०मा यो फिचर सार्वजनिक भएयता स्काईपले ग्रुप कलिङलाई प्रिमियम सेवाका रुपमा पैसा तिर्ने ग्राहकलाई मात्र उपलब्ध
गराउँदै आएको थियो । तर, गुगल ह्याङआउट्स लगायतले निःशुल्क ग्रुप कलिङ सुबिधा दिएपछि स्काइपमाथि उपभोक्ता दबाब पर्दै आएको थियो ।

फलस्वरुप स्काईपले तत्कालका लागि म्याक विन्डोज र एक्सबक्स सेवा प्रयोगकर्ताका लागि यो सेवा निशुल्कबनाउनु परेको प्रबिधि पोर्टल टेक क्रन्चले जनाएको छ। स्काइपले छिटै सवै खाले प्रयोगकर्तालाई यो सेवा निशुल्क उपलब्ध गराउने बताएको छ । गुगल ले  ह्यङआउट सेवामार्फत् निःशुल्क ग्रुप कलिसुबिधा दिएपछि ह्याङआउट लोकप्रिय हुँदै गएको छ।

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World