१० बर्षे बालकले बलात्कार पछि हत्या गर्ने प्रयास



जनकपुर, वैशाख १७ - 
आफूभन्दा तीन वर्ष जेठी किशोरीलाई बलात्कारपछि हत्या प्रयास
गरेको आरोपमा १० वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको छ । गत सोमबारदेखि बालक जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवा कोठामा छन् ।

आफ्नी दिदी सुत्केरी भएपछि सहयोग गर्न मानसिंहपट्टी ६,भगवान पट्टी गएकी जनकपुर ३ की १३ वषिर्या किशोरीलाई बलात्कार गरी पासो लगाएर हत्या गर्ने प्रयासगरेको आरोपमा स्थानीय १० वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी नियन्त्रणमा रहेका बालक निर्दोष भएको उल्लेख गर्दै गाउलेको समूह गत तीन दिनदेखि जिल्ला प्रहरी धाइरहेको छ ।
गाउलेकाअनुसार गत ९ गते विहान करिब ११ ब जे किशोरी आफ्नो दिदी कै भान्छाकोठामा झुण्डिइरहेको अवस्थामा फेला
परेकी थिइन् ।

स्थानीयवासीको सहयोगमा उनलाई सकुशल उद्धार
गरिएको थियो ।यसै विषयमा गाउँमा 'जातीय पञ्चायती'
पनि भएको थियो । किशोरीका आफन्त पनि सहभागी भएका 
थिए । पञ्चायतीबाट फर्केपछि किशोरीका आफन्त ले जिल्ला प्रहरीमा उजुरी हालेका थिए । उजुरीकै आधारमा बालकलाई प्रहरी ले नियन्त्रणमा लिएको हो ।

किशोरीका पिता वैदेशिक रोजगारीमा छन् भन् ने थुनामा रहेका बालकका पिताको निधन भइसकेको छ ।
१० वषिर्य बालकलाई थुनामा राखिएको विषयलाई अधिकारकर्मी ले गंभीरतापूर्वक लिएका छन् । भूमिजा मानव अधिकारसंघ अध्यक्ष विजय दत्तको नेतृत्वमा गएका अधिकारकर्मीको टोलीले
यस विषयमा प्रहरी उपरीक्षक उत्तमराज सुवेदीलाई ध्यानकर्षण गराएका थिए ।

सुवेदीले भने बालकलाई सुरक्षाका दृष्टि ले निगरानीमा राखिएको बताए । उनले भने,'गाउको तनावपूर्ण वातावरणमा बालकलाई
सुरक्षा दिने हिसावले यहा राखिएको हो ! बालकलाई थुनुवासग राखिएको छैन ।'

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World