डिजेल चोरिमा संलग्न १९ वटा ट्यांकर सञ्चालक माथी आयल निगमको कार्वाही

 बैशाख, काठमाडौं ।
 रुपन्देहीको पडसरी र धवलीय क्षेत्रमा ठूलो परिमाणमा डिजेल चोरीमा संलग्न १९ वटा ट्यांकर सञ्चालकमाथि आयल निगमले
कारबाही चलाएको छ । निगमले भारतको बेतालपुर डिपोबाट निगमको पश्चिमाञ्चल डिपोसम्म ल्याउने क्रममा १७ हजार लिटर बढी डिजेल चोरीमा संलग्न ट्यांकर    सँगको सम्झौता निलम्बन
गरेको हो ।

निगमको पश्चिमाञ्चल क्षेत्रीय कार्यालय भबलबारीको मातहत रह  ने       गरी सञ्चालनमा रहेका ट्यांकरले निगममा तेल बुझाउनु अघि संगठितरुपमा बाटैमा चोरी, साटफेर जस्ता चुहावटका काम गरिरहेकै अवस्थामा फेला परेको जनाउँदै ८जना सञ्चालकका १९
वटा ट्यांकरमाथि कारबाही थालेको हो ।

“टैंक ट्रकबाट पेट्रोलियम पदार्थ ढुवानी नियमावली ०५३ वमोजिम्” तत्काल देखि लागू हुने गरी निजहरुसँगको करार/
सम्झौता निलम्बन गरिएको छ । सा  थै ती टैंकरका चालक एवम् सहचालहरुलाई कु  नै  पनि पेट्रोलियम पदार्थ ढुवानी कार्य
 मा     संलग्न हुनबाट रोक लगाइएको छ ।’ निगमले बिहीबार
निकालेको विज्ञप्तीमा भनिएको छ ।

तेल चोरीमा संलग्न ट्यांकर धनी एमव ढुवानीकर्ताहरुमा चोपनारायण श्रेष्ठ, पिंकी एनड पि्रती जैसवाल, पशुपतिनाथ कसौधन, राजेशकुमार कसौधन, दयाशंकर प्रसाद कसौ धन पप्पुकुमार कसौधन ,प्रेमराज गैरे, विनोद उप्रेती, हरिबहादुर कुँवर,
रुपादेवी जैसवाल, सञ्जु श्रेष्ठ, विजेन्द्रकुमार चौधरी,रुद्रप्रसाद शर्मा, पि्रया गुरुङ र चौधरी फिलिङ्ग सेन्टर रहेका छन् ।

यी मध्ये विनोद उप्रेती तेल लुकाउने घरका मालिक समेत हुन् । प्रहरीले पडसरी-१ बाट विनोद उप्रेतीकी पत्नी बबिता उप्रेतीसहित जनालाई पक्राउ गरिसकेको छ भने केही फरार रहेको प्रहरीको भनाइ छ ।
निगमले विज्ञप्ति निकालेर कारबाही गरेका ट्यांकर सञ्चालक



0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World