कागजमा लाखौँ बिरुवा रोपियो,जमिन भने खाली
मिति : २०७१ वैशाख १५, साेमबार
रौतहट:
खाली रहेको जमिनमा विगत केही वर्षदेखि वृक्षरोपणलाई प्राथमिकता दिइएको भए पनि वृक्षरोपणगरिएको भनिएको जमिन भने खाली देखिन्छ।
जिल्ला बन कार्यालय रौतहटले यस वर्ष पनि पाँच लाख विभिन्न प्रजातिका बिरुवा उत्पादन गरी वृक्षरोपण गर्ने योजना बनाएको छ। बन कार्यालयले बितेको तीन वर्षमा करिब १० लाखविभिन्न प्रजातिको बिरुवा उत्पादन गरी वृक्षरोपण गरिसकेको जनाएको छ।
रोपिएका मध्ये दुई लाख बिरुवा पनि हुर्कन नसकेको सरोकारवालाले बताए। राष्ट्रपति चु रे संरक्षण कार्यक्रमअन्तर्ग त रौतहटमा गरिएको वृक्षरोपण विभिन्न कारणलेप्रभावकारी हुन सकेको छैन। जिल्ला बन कार्यालय रौतहटले गएको चार वर्षदेखि राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत वृक्षरोपणलाई जोड दिँदै आएको छ।
आर्थिक वर्ष २०६९/७० मा राष्ट्रपति चुर संरक्षणका लागि जिल्ला बन कार्यालय रौतहटमा ७१ लाख २५ हजाररुपैयाँ निकासा भएको छ। गएको आर्थिक वर्ष वृक्षरोपण, पुनर्उत्पादन तथा संरक्षण बिरुवा उत्पादनजस्ता कार्ययोजना तयार पारिएपनि प्रभावकारी काम हुन सकेको छैन।
अतिक्रमण हटाई तथा खाली रहेको करिब ६५ हेक्टरबनक्षेत्रको खाली जमिनमा गतवर्ष वृक्षरोपण गरेको जिल्ला बन कार्यालय रौतहटले जनाएको छ।
गएको वर्ष गरिब तथा विपन्न ५० परिवारलाई वृक्षरोपण गर्न ४० हजार बिरुवा छुट्ट्याएको थियो भने निजी जमिनमा दुईलाख ५० हजार बिरुवा रोपेबापत १० लाख प्रोत्साहन रकम छुट्ट्याइएको थियो। नदी उकास जमिनमा ७० हजार विभिन्न जातका बिरुवा रोप्नका लागि पाँच लाख ६० हजार छुट्ट्याइएको भए पनि काम प्रभावकारी नभएको सरोकारवालाको भनाइ छ।
बिरुवा उत्पादनका लागि गएको वर्ष ४० लाख रुपैयाँ छुट्ट्याइएको थियो! राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको गएका वर्षहरूमा रकम हिनामिना भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरेको थियो। सरकारले२०६८ सालदेखि तराईका जिल्लामा चुरे संरक्षण कार्यक्रमअन्तर्गत रौतहटमा पहिलो वर्ष ६१ लाख ५३हजार र दोस्रो वर्ष ५८ लाख ६३ हजार रकम निकासा गरेको छ। जसमध्ये काम गर्ननसक्दा पहिलो वर्ष १४ लाख र दोस्रो वर्ष नौ लाख रकम फ्रिज भएको थियो।
यस वर्ष करिब ९५ लाख रकम उक्त कार्यक्रमका लागि निकासा भएको छ!सामुदायिक बन उपभोक्ता समितिले बनको आम्दानीको २५ प्रतिशत बन विकास तथा संरक्षणमा खर्च गर्नुपर्ने कार्यादेश भए पनि त्यसो हुन नसकेको सामुदायिक बनउपभोक्ता महासंघ रौतहटका अध्यक्वेक्द हरि दाहालले स्वीकार गरे।
पौराइमा रहेको दोभान सामुदायकि बनले यस वर्ष२० हजार बिरुवा उत्पादन गर्ने तयारी गरिरहेको छ भने लोपोन्मुख प्रजाति सत्तिसालको पकेटक्षेत्र बनाउनका लागि सामुदायिक बनउपभोक्ता महासंघ रौतहटल जुडिबेलामा रहेको बनटोल महिला सामुदायिक
बनमा आठ हजार सतिसालको बिरुवा रोपिने जनाएको छ।
जिल्लामा रहेको ४३ वटा सामुदायिक बनमा गएको वर्ष एक लाखभन्दा बढी विभिन्न प्रजातिका बिरुवा रोपेको भए पनि संरक्षण हुन नसक्दा करिब २० प्रतिशत बिरुवा मात्बाँचेको बताइन्छ। वृक्षरोपण गरिएका ठाउँमा आगो लगाइदिने,पशुचौपाया चराइदिने तथा तारबार भत्काइदिने गर्नाले बिरुवा संरक्षण हुन नसकेको रौतहटका बनप्रमुख बाबुराम भण्डारीले बताए।
'बिरुवा जोगाउन धेरै समस्या छ,बस्तीछेउका बनक्षेत्रमा रोपिएको बिरुवा मान्छेले उखेलेर फ्यालेको समेत भेटियो', बनप्रमुख भण्डारीले भने। बिरुवा राम्रोसँग सर्न र हुर्कनका लागि असार महिनामा वृक्षरोपण गर्नुपर्नेमा भदौमा वृक्षरोपणगरिने, माटो र ठाउँको परीक्षण नगरी जथाभावी जस्तोसुकै वृक्षरोपण गर्नाले धेरै
बिरुवा मर्ने गरेको सामुदायिक बन उपभोक्ता महासंघ रौतहटका अध्यक्ष दाहालको तर्क छ।
बनक्षेत्र वरपरका बासिन्दालाई नै सहभागी र परिचालन गरेर वृक्षरोपण नग रे बालुवामा पानी हालेबराबर हुने सामुदायिक बन
उपभोक्ता महासंघमा धेरै वर्ष बन विकास संयोजक भएर काम गरेका श्रीराम न्यौपानेको भनाइ छ।

0 comments
तपाईंको प्रतिकृया