नक्कली सभासद प्रहरीको पञ्जामा



१५ बैशाख, काठमाडौं । 
आफूलाई सभासद भएको बताउँदै हिँड्ने एक व्यक्ति  लाई महानगरीय प्रहरी परिसर बौद्दले पक्राउ गरेको छ ।
‘माननीय सभासद’ भएको परिचय दिँदै सर्वसाधरण  लाई झुक्याउने रुपन्देहीको बुटवल नगरपालिका-७ स्थायी घर भई
काठमाडौंको माकलबारी-५ मा बस्दै आएका ३८वर्षीय सागर थापालाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

काठमाडौंका बौद्दसहितका विभिन् स्थानमा सभाद भएको परिचय दिँद हिडेपछि स्थानीयबासील दिएको उजुरीका आधारमा पक्राउ गरेका हौं’,महानगरी प्रहरी परिस बौद्दका डिएस्पी श्यामसिं चौधरीले  भने,‘प्ररारम्भिक अनुसन्धाबाट ठगी गर्ने नियतले
उनी नक्कली सभासद बनेको खुल्न आएको छ ।’

पक्राउ गरेपछि अनुसन्धानका क्रममा सागरले चैत २६ गते
भएको छोराको ब्रतबन्धका लागि छापेको निम्ताकार्ड
समेत आफ्नो परिचय ‘माननीय सभासद सागर थापा’
लेखेर बाँड्न भ्याएका डिएस्पी चौधरीले बताए ।
‘सभासदको परिचय बनाएर ठगी गर्ने पृष्ठभूमि बनाउँदै
गरेको अवस्थामा प्रहरीको फन्दामा परे’डिएस्पी चौधरीले भने, ‘माकलबारीमा सामुदायिक अस्पताल बनाउने भन्दै प्रतिव्यक्ति एक हजा रुपैयाँ उठाउन शुरु गर्न लागेका रहेछन् ।’

थापाले आफूलाई विश्व हिन्द युवा संघको अध्यक्षका साथै राष्ट्रिय
शिवसेना पार्टीको प्रवक्ता भएको परिचय समेत दिने गरेका प्रहरीको भनाइ छ । महानगरीय प्रहरी परिस बौद्दको हिरासतमा रहेका थापाविरुद् केही पीडितहरु उजुरी दिन आएको जनाउँदै
डिएस्पी चौधरीले उनीविरुद्द आवश्यक प्रमाण जुटाए मुद्दा चलाइने जानकारी दिए ।

नक्कली सभासद थापालार्इ सशस्त्र प्रहरीका एक डिएसपी र हवल्दारले सलाम गर्ने गरेको जनाउँदै उनीहरुमाथि पनि छानबिन गरी कारबाही गर्नुपर् स्थानीयबासीको माग रहेको छ ।

सभासदको परिचय दिँदै थापाले अहिलेका मन्त्रीहरूसँग पनि राम्रो सम्बन्ध रहेको बताउने गरेका थिए !थापाले सभासदको परिचय दिँदै सर्वसाधरणको नागरिकता र राहदानी बनाइदिनेतथा अन्य सरकारी कामहरुमा सहयोग गर्ने आश्वासन  बाँडेको पाइएको प्रहरीले जनाएको छ ।

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World