भारतीय ज्वाइँलाई नागरिकता बनाउन आउने पक्राउ

भारतीय ज्वाइँलाई नागरिकता बनाउन आउने पक्राउ
 १६ जेष्ठ,
                 रौतहट- भारतीय ज्वाइँलाई छोराको हैसियतमा नेपाली नागरिकता बनाइदिने एकजनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। रौतहटको भसेडवा गाविस-८, का ५० वर्षीय राजेन्द्र साह बनियाँले आफ्ना ज्वाइँ भारत मोतियारीका २१ वर्षीय विशाल साहलाई घुम्ती शिविरबाट नागरिकता दिलाउन किर्ते सिफारिस गरेका बेला पक्राउ परेका हुन्।
                 गाविस सचिव जयचन्द्रप्रसाद जयसवालले विशाल साह, राजेन्द्र साहको छोरा हुन् भन्दै नाता प्रमाणितसहित जन्मदर्ता प्रमाण पत्र जारी गरेका थिए। गाविस सिफारिसका आधारमा नागरिकता वितरण टोलीमा राजेन्द्र साहले निवेदन दिएपछि विशालबारे वास्तविकता बुझ्न सरजमिन मुचुल्का तयार पार्ने क्रममा ज्वाइँ-ससुरा अलमलमा परेपछि टोलीसँगै रहेको प्रहरीले राजेन्द्र साहलाई नियन्त्रणमा लिएको घुम्ती टोली प्रमुख ध्रुवराज पौडेलले बताए। ज्वाइँ भने फरार भएको प्रहरीले जनाएको छ।
             यसअघि फागुन १ गते रौतहटकै बन्जराहा गाविसका सोनफी साहले ज्वाइँ जयरामप्रसाद गुप्तालाई छोराको हैसियतमा नागरिकता बनाएपछि पक्राउ परेका थिए

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World