कसले भन्यो पूर्व राजालाई नारायणहिटी भित्र्याउने

कसले भन्यो पूर्व राजालाई नारायणहिटी भित्र्याउने
  १६ जेष्ठ,
                बुटवल- राप्रपा नेपालका सहअध्यक्ष पद्मसुन्दर लावतीले आगामी मङ्सिरमा पनि चुनाव हुन नसके २०६२/६३ को जस्तै आन्दोलन गरेर पूर्वराजा ज्ञानेन्द्र शाहलाई नारायणहिटी दरबारमा भित्र्याउने चेतावनी दिएका छन्।
              राप्रपा नेपाल तेह्रथूमले सदरमुकाम म्याङलुङमा आज आयोजना गरेको चुनावी अभियानलाई सम्बोधन गर्दै उनले पूर्वराजा बाहिरिएपछि बनेका सरकारका मन्त्रीहरूले भ्रष्टाचार गरेर देश खोक्रो बनाएको आरोपसमेत लगाए। राजासहितको हिन्दुराष्ट्र स्थापना भएमात्र जनताले प्रजातन्त्रको अनुभूति गर्न पाउने भन्दै श्री लावतीले त्यसका लागि पार्टी चुनावी अभियानमा होमिइसकेको बताए। 

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World