इराकमा बम विस्फोट, ११ जनाको मृत्यु

इराकमा बम विस्फोट, ११ जनाको मृत्यु
१६ जेठ :
इराकमा भएको पछिल्ला बम विस्फोटनहरुमा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।

इराकको राजधानी बग्दादको उत्तरी शहर मोसुलमा कारबमसहित केही बमहरु लगातार विस्फोट भएका बीबीसीले जनाएको छ ।

राजनीतिक र जातीय द्वन्द्वका कारण इराकमा पछिल्लो समय हिंसात्मक घटनाहरु भइरहेका छन् । इराकमा गत अप्रिलमा मात्र सात सय जनाको ज्यान गएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
(एजेन्सी)

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World