कसरी उध्रियो सुस्माको चोली
नेपाली
सेलिब्रिटीको घरबार र तासको घर उस्तै हो। ढल्न बेरै नलाग्ने! विवाह नै
नगरी एकै थलोमा गाँसबास बनाएका केटा साथीसँग सुषमा कार्कीको प्रेम टुटेको
छ। अर्थात् 'उध्रेको चोली'मा
नाचेर हिट भएकी उनको मनको चोली फेरि उधि्रएको छ। निर्देशक सुदर्शन थापासँग
मन फाटेपछि उनले अनुप्रस्थ ब्यान्डका नरेन शाहीसँग जोडेकी थिइन्।
पछिल्लो
आठ महिनादेखि 'लिभिङ टुगेदर'मा रहेका नरेन र सुषमा अहिले एक्लाएक्लै बस्न थालेका छन्। बिहे गर्ने कुरामा मत बाझिएपछि उनीहरूको 'ब्रेकअप' भएको हो। सुषमा नरेनसँग सम्बन्ध 'ब्रेकअप' गरेर केही दिन यता आफ्नी आमासँग बस्न थालेकी छिन्।
0 comments
तपाईंको प्रतिकृया