राष्ट्रपतिको राजीनामा

२६ वैशाख,
३३ दलले माग राष्ट्रपतिको राजीनामा
                 नेकपा-माओवादीसहितका ३३ दलले राष्ट्रपति डा. रामवरण यादवको राजीनामा मागेका छन् ।लोकमान सिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाएको विरोधमा राष्ट्रपति कार्यालय घेराउ गरेका ३३ दलले राष्ट्रपति संविधानको भक्षक भएको आरोप लगाएका छन् । ‘यो देशमा राष्ट्रपतिले राष्ट्रियताको रक्षा गर्न सकेनन् । संविधानको रक्षा गर्न सकेनन’ धर्नापछि कोणसभालाई सम्बोधन गर्दै माओवादी उपाध्यष सीपी गजुरेलले भन्नुभयो-’यस्तो राष्ट्रपतिको काम छैन । राजीनामा दिनुपर्छ ।’ उहाँले अघिल्लो दिनसम्म सर्वोच्च र कानुनी सल्लाहकारसँग छलफल गर्छु भन्ने राष्ट्रपतिले रातारात कसको फोनको भरमा लोकमानलाई नियुक्त गरे भनि प्रश्न समेत गर्नुभयो ।
              लोकमानलाई हटाउन माग गर्दै २९ र ३० गते बन्द आयोजना गरिएको भन्दै उहाँले माग सम्बोधन नभए थप आन्दोलन घोषणा गर्ने चेतावनी दिनुभयो । नेकपा-माओवादीसहितका ३३ दलले शीतल निवास अगाडी धर्ना दिइरहँदा राष्ट्रपति भने बाहिरिनु भएको थियो ।

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World