माइक्रोसफ्टले ल्याउँदैछ विन्डोज ब्लु, विन्डोज ८ अपडेट हुने
अघिल्लो वर्ष सन् २०१२ को अन्त्यतिर माइक्रोसफ्ट कम्पनीले बजारमा
ल्याएको कम्प्युटर अपरेटिङ सिस्टम विन्डोज एट परिमार्जन हुने भएको छ ।
पर्सनल कम्प्युटरको सबैभन्दा धेरै चल्तीको अपरेटिङ सिस्टम विन्डोजको
पछिल्लो संस्करणप्रति उपभोक्ताको मिश्रति प्रतिक्रियासँगै माइक्रोसफ्टले
यसलाई परिमार्जन गर्ने निर्णय गरेको हो ।
विन्डोजका मुख्य बजार अधिकृत टमी रेलरका अनुसार कम्पनीले विन्डाज ८
अपरेटिङ सिस्टमको १० करोड भन्दा बढि लाइसेनस बिक्रि गरिसकेको छ र
प्रयोगकर्ताको भावनालाई ध्यान दिँदै विन्डोज ८ लाई अपडेट गर्दैछ । त्यसको
लागि माइक्रोसफ्टले विन्डोज ब्लु नामक प्रोग्राम ल्याउँदैछ । विन्डोज ब्लु भनेको विन्डोज ८ को अपडेटका लागि एउटा कोड अर्थात् संकेत
नामयुक्त सफ्टवेयरको रुपमा हुनेछ जसलाई इन्स्टल गरेसँगै विन्डोज ८ अपडेट
हुनेछ । यो वर्षो अन्त्यसम्ममा विन्डोज ब्लु बजारमा पठाइसकिने भन्दै बजार
अधिकृत रेलरले नयाँ अपरेटिङ सिस्टम विन्डोज ८ लाई नयाँ पुस्ताका ट्याब्लेट
तथा पिसीमा समेत अति उपयोगी बनाउन यस्तो अपडेट गर्न लागिएको दाबी गरिन् ।
उनका अनुसार माइक्रोसफ्टका लागि विन्डोज ८ र विन्डोज आर टी प्रतिको
उपभोक्ताको गुनासो समाधान गर्ने माध्यमको रुपमा पनि विन्डोज ब्लु रहनेछ ।
विन्डोज ८ प्रति उपभोक्ताले उतिसारो रुचि नदेखाउनु तथा पुरानो विन्डोज
एक्सपीमै झुलिरहेका कारण माइक्रोसफ्टले नयाँ अपरेटिङ सिस्टममा उपभोक्तालाई
लोभ्याउन बाध्य भएर विन्डोज ब्लु ल्याउन लागेको विश्लेषकहरुको भनाई छ ।
एएफपी
0 comments
तपाईंको प्रतिकृया