४ बर्षीया नेपाली बालिका भारतमा बलात्कृत
वैशाख २६ -
४ बर्षीया एक नेपाली बालिका बुधबार भारतमा बलात्कृत भएकी छन् । दक्षिण
दिल्लीको चिराग दिल्लस्थित आफ्नै घरमा बसिरहेकी उनलाई छिमेकी युवकले फकाएर
बलात्कार गरेको प्रहरीले जनाएको छ । भारतको हिन्दुस्तान टाइम्सले समाचारमा उल्लेख गरेअनुसार बालिका घरमा एक्लै
बसेको अवस्थामा छिमेकी बिजय नाम गरेका युवकले उनलाई बलात्कार गरेका हुन् ।
चकलेट दिन्छु भनेर फकाएर ती युवककले बालिका बलात्कार गरेको समाचारमा
जनाइएको छ ।
आरोपी युवक प्रहरी नियन्त्रणमा छन् । घटनापछि भागेका उनलाई प्रहरीले
दिल्लीको रेलवे स्टेशनबाट पक्राउ गरेको छ । उनले बालिकालाई अप्राकृति
सम्पर्कसमेत गर्न खोजेको प्रहरी भनाई छ । बालिकाको दिएको बयान प्रहरीले रेकर्ड गरेको छ । बालिकाका अभिभावक दैनिक
ज्यालादारी मजदुर भएको समाचारमा जनाइएको छ । ती युवक एक रेष्टुरेन्टमा काम
गर्ने बुझिएको छ ।
0 comments
तपाईंको प्रतिकृया