''बस चिप्लिएर नदिमा खस्यो, ३२ को मृत्यु''

 वैशाख २६,
         भारतको हिमाञ्चल प्रदेशमा पर्ने शिम्लामा भएको यात्रुबाहक बस दुर्घटनमा कम्तिमा ३२ जनाको ज्यान गएको छ। कुलुमण्डि नेशलन हाइवेको बिज नदिमा बुधवार बस खसेको हो। हालसम्म दुर्घटना स्थलबाट ३२ वटा मृत शव निकालिएक छ भने २५ जनाको उद्धार गरिएको छ। उद्दार गरिएका मानिसलाई नजिको अस्पतालमा पुर्याइएको छ।
             केही यात्रुलाई नदिले बगाएको आशंका गरिएको छ, त्यसैले मृतकको संख्या बढ्ने आशंका गरिएको छ। बसमा ६० जना भन्दा बढि यात्रु सवार रहेको बताइएको छ।  हाइवेमा गाडी चिप्लिएपछि नदिमा खसेको बसका चालकले बताएका छन्। बसका चालकले बस नदिमा खस्नु अघि हामफालेर ज्यान जोगाएका थिए।
हाल खोजी तथा उद्धार कार्य जारी राखिएको छ।'
: एजेन्सी 

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World