कार्कीको विरोध गर्नुको अर्थ छैनः प्रचण्ड
एकीकृत नेकपा माओवादीका
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको
विरोध गरेर केही नहुने दावी गर्नुभएको छ ।बिहीबार काठमाडौंमा भएको कार्यक्रममा
प्रचण्डले कार्कीकाबारेमा चारै दलले एक हप्तासम्म छलफल गरेर सिफारिस
गरेकाले विवाद गर्नुको कुनै अर्थ नहुने तर्क गर्नुभयो ।कार्कीको नियुक्ति चार राजनीतिक शक्तिका
चार नेताको सहमतिमा भएकाले एउटा पार्टीलाई मात्रै आरोप लगाउनु गलत भएको
प्रचण्डको भनाई छ । धेरै नाममा असहमति भएपछि लोकमानसिंह कार्कीको नाममा सहमति जुटेको प्रचण्डले दावी गर्नुभयो । राजनीतिमा महिला सहभागिता विषयको
कार्यक्रममा बोल्दै प्रचण्डले महिला हिंसामा संलग्न ब्यक्तिलाई अवको
चुनावमा उठ्न नदिने प्रस्ताव उच्चस्तरीय राजनीतिक समितिमा लैजाने आश्वासन
दिनुभयो ।
शीतल निवास घेराउ
नेकपा—माओवादीसहितका ३३ दलले राष्ट्रपति
भवन शीतल निवास घेराउ गरेका छन् । शाहीकालिन मुख्य सचिव लोकमानसिंह
कार्कीलाई अख्तियार प्रमुखमा नियुक्ति गरिएको विरोधमा ३३ दलले आज
राष्ट्रपति भवन घेराउसहित प्रर्दशन गरेका हुन् ।३३ दलले कार्कीलाई अख्तियार प्रमुख बनाउनु
जनआन्दोलनको अपमान भएको भन्दै नियुक्ति खारेजीको माग गर्दै प्रर्दशनदेखि
नेपाल बन्दसम्मका कार्यक्रम सार्वजनिक गरेका छन् ।
कर्मचारीले एक घण्टा पेन डाउन गर्ने
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका
प्रमुख आयुक्त लोकमान सिंह कार्कीको विरोधमा सरकारी, संस्थान र बैंकिङ
क्षेत्रका सबै कर्मचारीले एक घण्टा देशव्यापी पेन डाउन गर्ने भएका छन् ।पेशागत महासंघ नेपालको आह्वानमा कार्कीको
विरोधमा शुक्रबार बिहान १० बजेदेखि ११ बजेसम्म देशैभरका सबै कर्मचारीले पेन
डाउन गर्ने महासंघका प्रथम उपाध्यक्ष प्रेमल खनालले जानकारी दिनुभयो ।जनआन्दोलनका दोषी र भ्रष्टाचारका आरोपी
कार्कीको नियुक्ति खारेज गरी जनआन्दोलनको भावनाको सम्मान गर्दै स्वच्छ
छविका व्यक्तिलाई अख्तियार प्रमूख बनाउन पेशागत महासंघले माग गरेको छ ।
कार्कीको विरोधमा देशभरका सरकारी,
संस्थान, बैकिङ, स्वास्थ्य सेवा, स्थानीय निकायका कर्मचारीले एक घण्टा पेन
डाउन गर्ने र शिक्षकले एक घण्टा चक प्रयोग नगर्ने पेशागत महासंघले जनाएको छ
।

0 comments
तपाईंको प्रतिकृया