फेसबुक अकाउण्ट खोलेपछि जान्नै पर्ने कुरा
फेसबुक अकाउण्ट खोलेपछि जान्नै पर्ने कुरा
फेसबुक अकाउण्ट खोलेपछि सायदै मान्छे होलान् जो तस्वीर शेयर गर्दैनन्, स्टाटस अपडेट गर्दैनन् तथा आफ्ना साथीहरुसँग च्याटमा मीठा मीठा कुरा गर्दैनन् ।
फेसबुकमा च्याटिङ गर्नु तथा सँगै स्टाटस पनि अपडेट गर्नुको मज्जा नै बेग्लै ।
यसरी च्याटमा गरिएका कुराकानी सबै फेसबुक अकाउण्टमा सुरक्षित भएर बस्छन् । जुन पछि पनि पढ्न पाइन्छ ।
कहिलेकाहीँ फेसबुकमा निकै गोप्य कुरा च्याटमा गरिएको हुन्छ । यदि तपाइँको फेसबुक अकाउण्ट अर्को कुनै व्यक्तिले पनि खोल्नसक्छ र उसलाई तपाइँले कसैसँग गरिएको गोप्य च्याटको बारेमा थाहा नदिनु छ भने तपाइँले आफ्नो फेसबुक च्याट डिलिट गर्नुपर्छ । यदि गर्नुभएन भने तपाइँले कोही साथीसँग गरेको गोप्य च्याट अरुले पनि हेर्न पाउने
सम्भावना हुन्छ ।
फेसबुकबाट च्याटिङ म्यासेज डिलिट गरेर आफ्नो गोप्य सम्वादलाई लिक हुन नदिनका लागि निम्न उपाय अपनाउनुहोस् :
- - सबैभन्दा पहिले आफ्नो फेसबुकको होम पेजमा जानुहोस्
- त्यहाँ रहेको उल्टो हातजस्तो संकेतसहितको म्यासेज
- बक्समा क्लिक गर्नुहोस् ।
- - म्यासेज बक्समा क्लिक गरेसँगै तपाइँका सबै म्यासेज
- खुल्नेछन् । त्यसपछि एक्सन मेनुमा जानुहोस् र डिलिट
- म्यासेज नामक अप्सन छान्नुहोस् । अनि जुन
- प्रकारका म्यासेज तपाइँ डिलिट गर्न
- चाहनुभएको हो त्यसको बक्समा क्लिक गर्नुहोस् ।
- यदि तपाइँ आजसम्मका सबै च्याटिङ म्यासेज नै डिलिट
- कन्भरसेसन भन्ने अप्सनमा क्लिक गर्नुहोस् ।
- यसो गर्दा तपाइँले फेसबुक अकाउण्ट सुरु गरेदेखिका सबै
- च्याटिङ म्यासेज डिलिट हुनेछन् ।
0 comments
तपाईंको प्रतिकृया