नेपालको शान सगरमाथा बारेका सत्र रोचक तथ्य

everest_photo-by-national-geography2

            सगरमाथामा एडमण्ड हिलारी र तेन्जिङ नोर्गेशेर्पाले पहिलोपटक सफल आरोहण गरेको ६० वर्षपुगेको छ । यो ६० वर्षो बीचमा सयौँ जना सगरमाथाको चुचुरोमा पुगेका छन् । सगरमाथा हाम्रै देशमा छ । तरपनि हामी धेरै चाहेर पनि त्यहाँ जान सकिरहेका छैनौँ र यसको बारेमा विभिन्न तथ्यहरु हामीलाई थाहा छैन । हामीले सगरमाथा आरोहणको हिरक महोत्सवका उपलक्ष्यमा यहाँ सगरमाथा सम्बन्धि केही रोचक तथ्य प्रस्तुत गरेका छौँ ।

  1.  सगरमाथाको सबैभन्दा उच्चतम विन्दुमा श्वास फर्ेदा अरु सामान्य अवस्थामा भन्दा एक तिहाई अक्सिजन पर्याप्त हुन्छ । हावाको चापको कारण यस्तो भएको हो ।
  2.  सगरमाथामा सन् १९६९ यता हरेक वर्षकम्तीमा पनि एक जना आरोहीको निधन भएको छ । तर सन् १९७७ मा भने सगरमाथामा कसैले पनि ज्यान गुमाएनन् ।
  3.  एडमण्ड हिलारीका छोरा पिटरले ५ पटक सगरमाथाको आरोहण गरिसकेका छन् ।
  4.  एडमण्ड हिलारीसँग पहिलोपटक सगरमाथाको सिखरमा पुग्नुभन्दा अघि तेन्जिङ नोर्गे शर्ेपाले ६ पटकसम्म सगरमाथा आरोहणको प्रयास गरेका थिए ।
  5.  सन् १९९६ सगरमाथामा आरोहीका लागि सबैभन्दा घातक वर्षबन्यो । त्यसवर्ष१५ जनाले सगरमाथामा ज्यान गुमाए ।
  6.  सगरमाथा आरोहण गरेर सबैभन्दा छिटो ओर्लिने प|mान्सका जिन मार्क बोइभिन हुन् । उनी सन् १९८८ मा सगरमाथाको शिखरबाट ११ मिनेटमा फेँदमा ओर्लिएका थिए ।
  7.  सबैभन्दा कम उमेरमा सगरमाथा चढ्ने व्यक्ति १३ वर्षा जोर्डन रोमेरो हुन् ।
  8.  हिमाल आरोहण गर्ने व्यक्तिलाई दिनमा २० हजार क्यालोरी उर्जा आवश्यक पर्छ ।
  9.  सगरमाथाको चुलीमा सबैभन्दा बढि समय बिताउने व्यक्ति बाबुछिरी शर्ेपा हुन् ।
  10.  विना अक्सिजन पहिलोपटक सगरमाथा आरोहण गर्ने राइनहोल्ड मेस्नर र पिटर ह्याम्बलर हुन् ।
  11.  सन् १९९३ को मे १० का दिन ४० जनाले सगरमाथा चढेर एक दिनमा सबैभन्दा धेरै मान्छेले सगरमाथा चढेको रर्ेकर्ड कायम भएको छ ।
  12.  सगरमाथा हरेक वर्ष४ मिलिमिटरका दरले अग्लो हुँदैछ ।
  13.  सगरमाथामा सबैभन्दा बढि नागरिक गुमाउने देश नेपाल नै हो । अहिलेसम्म ४६ जना नेपालीले सगरमाथामा ज्यान गुमाइसकेका छन् ।
  14.  सगरमाथामा स्की गर्ने पहिलो व्यक्ति स्लोभानियाका डाभो कार्निकार हुन् ।
  15.  सगरमाथाको आरोहण गर्ने सबैभन्दा वृद्ध पुरुष जापानका ८० वर्षा युइचिरो मिउरा हुन् भने सबैभन्दा वृद्ध महिला जापानकै ७३ वर्षी तामाइ वातानाबे हुन् ।
  16.  सगरमाथा विश्वको सबैभन्दा अग्लो शिखर भएको कुरा सन् १८५६ मा मात्र पत्ता लागेको हो ।

    17. सगरमाथाको उमेर ६ करोड वर्षपुगेको छ ।

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World