आशिकी २ ले १०० करोड नाफा कमाइ सक्यो के रहेछ खास (पुरा फिल्म हेर्नुहोस)

aahique


मुम्बई–

                   निर्देशक मोहित सुरीको म्युजिकल फिल्म ‘आशिकी २’को आर्जन सय करोड भारु पुगेको छ। ‘सय करोड क्लब’मा पर्न सफल भएपछि यसका निर्माताहरु प्रफुल्ल छन्।एक महिनाअघि रिलिज भएको लभस्टोरी ‘आशिकी २’मा आदित्य रोय कपुर र श्रद्धा कपुरको मुख्य अभिनय छ।
                  विशेष फिल्मस् र टि–सिरिजले यसलाई जम्मा १२ करोड भारुमा निर्माण गरेको हो। विशेष फिल्मस्का निर्माता मुकेश भट्ट फिल्मको सफलतालाई नयाँ aahiqueट्रेन्डको रुपमा चिनाउन चाहन्छन्। ‘म एकदम खुसी छु, किनभने म एक्लो निर्माता हुँ, जसले नयाँ कलाकारहरुबाट ब्लकबस्टर फिल्म निर्माण गरेको छु, योभन्दा खुसीको बहाना के हुनसक्छ र,’ भट्टले भने।  
              टि–सिरिजका प्रमुख प्रबन्ध निर्देशक भुषण कुमारले समेत खुसी व्यक्त गरे। ‘मेरो बुबा गुल्शन कुमारको आशीर्वाद र भट्ट साहेबको मार्गनिर्देशनले यो फिल्म सफल भएको हो, भारतीय सिनेमाको सयौं वर्षमा आशिकी–२ नयाँ अनुहारको रुपमा स्थापित भएको छ,’ कुमारले बताएका छन्। फिल्मकी हिरोइन श्रद्धा प्रख्यात अभिनेता शक्ति कपुरकी छोरी हुन् भने हिरो आदित्य पनि विद्या बालानकी पति तथा निर्माता सिद्धार्थ रोय कपुरका भाइ हुन्।

-एजेन्सी 

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World