चीनको अत्याधुनिक हतियारसँग अमेरिका तर्सियो
वैशाख
२७,
चीनसंग संसारकै सवै भन्दा शक्तिशाली र प्रभावशाली हतियार
छन । चीनसंग लामोदुरी सम्म प्रहार गर्न सक्ने मिसाइल छन्, स्टिल्थ फाइटर्स
छ, नयाँ प्रविधिको सबमेरिन छ, जो परमाणु हमला गर्ने सामर्थ्य राख्दछ। यसको
अलावा चीनियाँ सेनाले साइबर युद्ध लड्नमा महारथ हासिल गरेको छ। यी सव चीजका
बावजुत चीनले आफ्नो सैनिक क्रियाकलापका अरबेोँ डलर खर्च गर्देछ, चीनले
चाँडो युद्ध जित्न सेनालाई आधुनिकीकरण गर्दैछ।
यो अमेरिकी सेनाको मुख्यालय पेन्टागनले अमेरिकी कांग्रेसलाई बुझाएको रिपोर्टमा लेखिएको छ। पेन्टागनले दिएको रिपोर्टमा लेखिएको छ-ताइवान नजिको जलक्षेत्रमा राज गर्न चिनियाँ सेनाले तिब्र गतिमा सेनालाई मजबुत पार्दै लगेको छ। पेन्टागन लेख्दछ-भारतको लद्दाखबाट चीनले आफ्नो सेना फिर्ता गरेपनि भारत अझै सतर्क रहनु पर्दछ। रिपोर्टमा भनिएको छ-सन १९९८ यता चीनले ६ वटा छिमेकी देशसंग सिमा सम्वन्धित ११ मुद्धा सुल्झाएको छ । केही वर्ष यता चीन र भारतविच राजनैतिक र आर्थिक सम्वन्ध बढेको छ तर भारत र चीनबिच रहेको ४०५७ किलोमिटर लामो सिमामा अझैं तनाव कायम छ ।

पेन्टागनको रिपोर्टमा चीनसंग भएका
हतियार, त्यसका प्रकार र संख्याको बारेमा समेत उल्लेख गरिएको छ। रिपोर्टमा
लेखिए अनुसार चीनसंग ७९ वटा ठुला किसिमका युद्धपोत छन्, ५५ वटा सवमेरिन
छन्, जसमध्ये ५ वटाले परमाणु हमला गर्न सक्दछन् । रिपोर्टमा चीनले भारत
सहितका छिमेकी मुलुकको सिमा पनि सैनिक अवस्था मजबुत पारेको उल्लेख गरिएको
छ। चीनले अघिल्लो वर्ष लडाकु विमान खसाल्न सक्ने युद्धपोतको विकास गरिसकेको
पनि रिपोर्टमा लेखिएको छ। यसैगरि चीनसंग परमाणु हमाल गर्न सक्ने लियाओनिङग
सवमेरिन समेत रहेको छ जसले पानीभित्रबाट ७४ सय किलोमिटर परसम्म निशान
लगाउन सक्दछ।
- एजेन्सी

0 comments
तपाईंको प्रतिकृया