भारतमा दुई किशोरी बलात्कृत
अलग अलग घटनामा दुई नेपाली किशोरी बलात्कृत भएको केही साता नबित्दै भारतीय
राजधानी नयां दिल्लीमा अर्को त्यस्तै घटना भएको छ । यहांस्थित चिराग
दिल्लीमा परिवारसंग बस्दै आएकी ४ वषिर्या नेपाली बालिकालाई उनका छिमेकी
युवकले वुधबार बलात्कार गरेका छन् । भारतीय राज्य उडिसाका २० वर्षे विकास
भनिने ती युवकलाई स्थानीय प्रहरीले घटनाको केही घण्टामै पक्रेको छ ।
दिल्लीबाट अन्यत्र भाग्न रेलवे स्टेशन पुग्दै गर्दा उनी पक्राउ परेका थिए ।घटनापछि बालिकालाई अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्स्मा भर्ना गरिएको
थियो । भर्ना गर्दा स्थिर रहेको बताइएको ती बालिकाको स्वास्थ्यमा अहिले
सन्तोषजनक सुधार आएको अनुसन्धानमा संलग्न स्थानीय प्रहरी अधिकारीहरुले बताए
। 'अहिले बालिकाको अवस्थामा राम्रो सुधार आएको छ । उनी बोल्न, खान तथा
हिंडडुल गर्न सजिलै सक्छिन्,' माल्भियानगर प्रहरी थानाकी एक अनुसन्धान
अधिकृतले बिहीवार कान्तिपुरसंग भनिन् ।
घटनामा संलग्न युवकलाई प्रहरीले बिहीवारै स्थानीय साकेत जिल्ला अदालतमा
पेश गरेको छ । प्रहरीका अनुसार, भारतीय दण्ड संहिताको धारा ३७६ र ३७७ तथा
बालबालिकामाथि हुने यौनहिंसा प्रतिरोधी ऐन पोक्सोको धारा ४ मातहत यो मामिला
दर्ता गरिएको छ । धारा ३७६ बलात्कारसंग र ३७७ अप्राकृतिक यौन सम्बन्धसंग
सम्बन्धित कानूनी धारा हुन् । यदि अभियोग प्रमाणित भए, दोषीलाई १०
वर्षसम्मको जेल सजाय हुनसक्ने प्रहरी अधिकारीहरुले बताएका छन् ।
घटना यसरी भयो
पीडित नेपाली परिवार र बलात्कारमा संलग्न युवक चिराग दिल्लीस्थित भाडाको
घरमा सँगै जोडिएको कोठामा बस्दै आएका थिए । बुधवार घरमा बालिकाका आमाबाबु
नभएको मौका पारी ती युवकले उनलाई आफ््नो कोठामा ललाइफलाई लगेका थिए ।
घटनाको आधा घण्टापछि बालिकाले आमासंग आफ््नो संवेदनशील अंगमा दुखेको गुनासो
गरेपछि बलात्कारबारे पत्ता लागेको थियो । त्यतिबेलासम्म ती युवक फरार
भइसकेका थिए । परिवार र अरु छिमेकीले त्यसपछि प्रहरीलाई खबर गरेका थिए ।
त्यसको केही घण्टापछि नै प्रहरीले पक्रेको थियो । पीडित बालिकाका बाबु
घरघरमा पानीको बोतल पुर्याउने काम गर्छन् भने आमा घरेलु कामदार हुन्् ।
0 comments
तपाईंको प्रतिकृया