१४ सहसचिवको सरुवा

singhdarbarवैशाख २८,
                सरकारले १४ सहसचिवलाई सरुवा गर्नुका साथ नयाँ १० जनालाई विभिन्न मन्त्रालयमा पदस्थापन गरेको छ । ६० जना सहसचिवको सरुवा गरेको एक महिना नपुग्दै मन्त्रिपरिषदो बिहीबार बसेको बैठकले थप १४ जनाको सरुवा गरेको हो । सहकारी विभागका महानिर्देशक सुदर्शन ढकाललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ । उनलाई यातायात व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी दिइने जानकारी स्रोतले दिए । यातायात विभागबाट अध्यागन महानिर्देशकमा काजमा पठाइएका शरदचन्द्र पौडेललाई सोही ठाउँमा सरुवा गरिएको छ ।   उद्योग मन्त्रालयकी यामकुमारी खतिवडा र अतिरिक्त समूहमा दरबन्दी रहेका नवराज भण्डारीलाई अर्थ मन्त्रालय सारिएको छ । विदेशमा अध्ययन सकेर फर्केका भण्डारीलाई पुनः दोहोर्‍याएर अर्थ मन्त्रालयमा लगिएको हो । उनी भन्सार विभाग महानिर्देशक भइसकेका सहसचिव हुन् । अर्थ मन्त्रालयका विष्णु नेपाललाई योजना आयोगमा सरुवा गरिएको छ ।
            काठमाडौं महानगरका कार्यकारी अधिकृत केदारबहादुर अधिकारीलाई स्वास्थ्य मन्त्रालय सरुवा गरिएको छ । योजना आयोगका सहसचिव लक्ष्मण अर्याललाई स्थानीय विकास मन्त्रालयमा पठाई काठमाडौं महानगरको कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ ।
           सामान्य प्रशासन मन्त्रालयमा काजमा रहेका गंगाराम गेलाललाई उद्योग मन्त्रालयमा सारिएको छ । स्वास्थ्य मन्त्रालयका काजमा रहेका मुकुन्द निरौलालाई सोही ठाउँमा सरुवा गरिएको छ । अर्का सहसचिव गोपी खनाललाई उनी काजमा रहेकै स्थानीय विकास मन्त्रालयमा सरुवा गरिएको छ ।
सचिव रेग्मीले पाए अवकाश
              राष्ट्रपति कार्यालयका सचिव शीतलबाबु रेग्मीले शुक्रबार ५८ वर्ष पूरा पुगेकाले अनिवार्य अवकाश पाएका छन् । रेग्मीले अवकाश पाएपछि सचिव रिक्त भएका विभिन्न मन्त्रालय र निकायको संख्या ४ पुगेको छ । सचिव रिक्त भएका निकायमा सहकारी तथा गरिबी निवारण मन्त्रालय, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदो सचिवालय छन् ।        सचिवहरू यज्ञ गौतमले माघमा, लक्ष्मण पोखरेल र रणबहादुर श्रेष्ठले वैशाखमा ५८ वर्ष पूरा गरी अनिवार्य अवकाश पाइसकेका छन् । गौतमको अवकाशसँगै रिक्त ठाउँमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयमा सहसचिव ङइन्द्रप्रसाद उपाध्यायलाई कायममुकायम सचिव बनाइएको छ । बाँकी तीन निकायमा भने वरिष्ठ सहसचिवले निमित्त सचिवको जिम्मेवारी सम्हालेका छन् ।
             चार निकाय प्रशासनिक नेतृत्वविहीन भएको र कतिपय मन्त्रीले आ-आफ्ना मन्त्रालयका सचिव फेर्न चाहेकाले मन्त्रिपरिषद्ले ठूलो संख्यामा सचिव सरुवा गर्ने र रिक्त पदमा सहसचिवहरूलाई कायममुकाय बनाउने गृहकार्य सुरु गरेको जानकारी स्रोतले दिए । स्रोतका अनुसार मन्त्रिपरिषदो आगामी बैठकमा सचिव सरुवा र कायममुकायम दिनेबारेमा निर्णय हुनेछ ।

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World