मादक पदार्थ सेवन गरेको भन्दै यस्तो कारबाही गरियो

chalakबैसाख २७,
             मादक पदार्थ सेवन गरी सवारी चलाएर भाग्दै गरेको अवस्थामा ट्राफिक प्रहरीले शुक्रबार भक्तपुरको ठिमीचोकबाट एक चालकलाई पक्राउ गरेको छ ।  शुक्रबार बिहान ट्राफिक प्रहरीले काभ्रेबाट तरकारी लिएर काठमाडौ आउदै गरेको बा.२ ख. ९८०८ नम्वरको मिनी ट्रकलाई सल्लाघारीमा रोक्न खोज्दा मापसे गरेका उक्त मिनी ट्रकका चालक रामभक्त दनुवारले भागेपछि ठिमीचोकमा रहेको ट्राफिक प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।
              मदक पदार्थ सेवन गरेका चालक दनुवारले सल्लाघारी, सिर्जनानगर, लगायतका स्थानमा रहेका ट्राफिक प्रहरीलाई छलेर भाग्दै गरेको अवस्थामा ठिमीचोमा रहेको नेपाल प्रहरीको सहायतामा उक्त मिनीट्रकलाई नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक पवन गिरीले जानकारी दिनु भयो ।
                मादक पदार्थ सेवन गरी सवारी चलाउने दनुवारलाई सार्वजनिक अपराध अन्र्तगत मुद्धा चलाईएको प्रवक्ता गिरीले जानकारी दिनु भयो । मापसे गरेर लामो दुरी तथा सार्वजनिक यातायात चलाउने ७४ जना चालक माथि सार्वजनिक अपराध अन्र्तगत मुद्धा चलाएको उहांले जानकारी दिनु भयो ।

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World