प्रेमीलाई छोडेपछि सुष्माको हातमा पैसै पैसा
उसो त नायिका सुष्मा कार्कीको ब्रेकअपको
खबरले यो हप्ता बजार ततायो । एक व्याण्डका गीतारिष्ट नरेनसँग एक बर्षसम्म
भैसेपाटीमा लिभिङ टुगेदरमा बसेकी सुष्मा अहिले आमासँगै छिन् । प्रेमिसँग
कुरा नमिलेपछि छुट्टएिको बताउने सुष्मा पछिल्लो समय सिनेमा नगरीमा खासै
चलेकी छैनन् ।छायांकनको
समयमा प्रेमिले अवरोध पैदा गरेपछि निर्माताहरु सुष्मालाई सिनेमामा लिन
आनाकानी पनि गरिरहेका थिए । तर नरेनसँग सम्बन्ध टुटेसँगै नायिका कार्कीले
‘विन्दास २’ मा संझौता गरेकी छिन् । राजु गिरीको निर्देशनमा मधुकुमार
श्रेष्ठले निर्माण गर्न लागेको यो चलचित्र जेठ ५ गतेबाट छायांकनमा जाँदै छ ।
नायिका कार्कीलाई निर्माणपक्षले साढे २
लाखमा संझौता गरेको दाबी गरेको छ । ‘विन्दास’को सिक्वेल भएका कारण सुष्माले
केही कम रकममा काम गर्न राजी भएको दाबी निर्देशक गिरीको छ । चलचित्रमा
सुशान्त कार्की, अशोक फुयाँलको पनि अभिनय रहनेछ ।
0 comments
तपाईंको प्रतिकृया