पाकिस्तानमा मतदान सपन्न, मतगणना सुरु
२८ वैशाख,
छिटफुट हिंसाका बीच
पाकिस्तानमा शनिबार संसद र प्रान्तीय एसेम्ब्लीको निर्वाचन सम्पन्न भएको छ ।
राष्ट्रिय र चार प्रान्तीय सभाका लागि मतदान भएको हो ।मानिसहरु ६ घण्टासम्म लाइनमा बसेर मत खसालेको बीबीसीले जनाएको छ । मतदान सकिएसँगै मतगणना सुरु भएको छ । मतदान प्रक्रिया जारी रहँदा कराँचीमा
रहेको अवामी नेशनल पार्टीको कार्यालय बाहिर भएको विस्फोटमा ११ जनाको मृत्यु
भएको छ भने ४० जना घाइते भएका छन् । आक्रमणको तालिबानले जिम्मा लिएको छ ।
अफगानिस्तानसँग सीमा जोडिएको मतदान केन्द्रमा गोलाबारी हुँदा कम्तीमा १
जनाको मृत्यु भएको छ । पेशावर र बलूचिस्तानको बारखान क्षेत्रमा हिंसात्मक
घटना भएको छ ।
जमाते इस्लामीले कराती र हैदराबादको चुनाव बहिस्कार गरेको छ भने मुत्तेहिदा कौमी मुभेमेन्टले चुनावमा धादली भएको आरोप लागएको छ । निर्वाचनको पूर्व संख्यामा तालिवानको
हिंसात्मक आक्रमण बढेपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो । निर्वाचनका
लागि ६ लाख सुरक्षाकर्मी तैनाथ गरिएको अधिकारीहरुले बताएका छन् ।
पाकिस्तानको लोकतान्त्रिक इतिहासमा नागरिक सरकारले पहिलो पटक ५ वर्षे
कार्यकाल पूरापछि हुन लागेको यो निर्वाचनलाई महत्वका साथ हेरिएको छ ।
चुनावमा राष्ट्रपति आसीफ अली जर्दारीको
पाकिस्तान पिपुल्स पार्टी, नवाज शरीफको पाकिस्तान मुस्लिम लिग र पूर्व
क्रिकेटर इमरान खानको पार्टी मुख्य प्रतिपर्धी हुने अनुमान छ । चुनाव अघि
भएको मत सर्वेक्षणमा भने कुनै पनि दलले बहुमत नलयाउने र गठवन्धन सरकार
बन्ने संकेत देखाएको छ ।
0 comments
तपाईंको प्रतिकृया