फोटो सुटले जागिर चट
बिकिनीमा फोटो सुट गराएकीले अमेरिकाको फ्लोरिडास्थित मार्टिन काउन्टी हाई
स्कुलकी अंग्रेजी शिक्षिका ओलिभिया स्प्राँयरले जागिर गुमाउनुपरेको छ ।
उनले आकर्षक बिकिनीमा समुद्र किनारमा फोटो सेसन गराएकी थिइन् । पि्रन्सिपलले यो थाहा पाउनेबित्तिकै २६ वर्षे ओलिभियालाई विद्यालयबाट
बाहिरको बाटो देखाए । उनी भिक्टोरिया जेम्सको नामबाट 'मोडले मे हेम'
बेभसाइटका लागि मोडलिङ पनि गर्छिन् । नारी सौन्दर्यलाई कलात्मक उचाइमा
पुर्याउने बिकिनीमा फोटो खिचाउँदा हुने परिणामको उनलाई पूर्वानुमान थियो ।
जागिर खतरामा पर्ने थाहा हुँदाहुँदै पनि आफूले यो अवसर गुमाउन नचाहेको
उनले बताएकी छन् । 'यस्तो कार्यका लागि थुप्रै शिक्षकलाई जागिरबाट
निकालिन्छ वा अप्रत्यक्ष रूपमा राजीनामा गर्न दबाब दिइन्छ,' उनले भनिन्,
'अर्को वर्ष मलाई उक्त स्कुलमा काम गर्नु छैन भन्ने थाहा थियो, विद्यालयबाट
निकालिँदा नराम्रो लागेन किनकि म आफूलाई मन पर्ने काम गरिरहेकी छु ।' सन्
२०११ मा शिक्षण करिअर सुरु गरेकी ओलिभालाई गत अपि्रल २९ मा पि्रन्सिपल
अल्फ्रेड फ्याब्रिजियोले उनलाई तस्बिरहरू देखाएर मानसिक दबाब दिए । उनले
कुनै भूमिका नबाँधी ती तस्बिरहरू आफ्नै भएको स्वीकारिन् ।
:- एजेन्सी
0 comments
तपाईंको प्रतिकृया