यसरी पाउछन महिलाले यौनसम्बन्धमा चरमसुख
तपाईं यौन आनन्दको अन्तिम खुडकिलोसम्म पुग्न असफल भइरहनुभएको छ ? चरम आनन्द
(अर्गाज्म) भन्दा अघि नै चिसिनुहुन्छ ? अमेरिकामा गरिएको अनुसन्धानअनुसार
महिलाले चाहे हरेक पटक चरम सुख उठाउन सक्छन् ।त्यसको लागि धैर्यता र
यौनसाथी बीच उचित तालमेल हुनु जरुरी छ ।
के साँचो हो भने पुरुष बिनाकुनै समस्या हरेक पटक चरम आनन्दसम्म पुग्छन्,
महिलालाई भने समय लाग्छ । कतिपय अवस्थामा महिला आफ्ना पतिसँग दिनहुँ यौन
सम्बन्ध राख्न इच्छुक हुँदैनन् । यसो हुनुको एउटा महत्त्वपूर्ण कारण यौन
साथी आफूभन्दा पहिले चरम आनन्दसम्म पुग्नु पनि हो ।यस्तो हुँदा कम उमेरका युवतीमा आफूमा केही कमी रहेको भ्रमले डेरा जमाउन थाल्छ, उमेरको साढे तीन दशक पार गरेका महिला भने आफूमा यौन भावना घटदै गएको सोच्न थाल्छन् । उक्त अनुसन्धानले हरेक पटक महिलाले चरम सुख लिन सक्ने देखाएको छ । तर गर्भधारणका लागि चरम आनन्द प्राप्त गर्नु आवश्यक नभएकाले चिकित्सकसमेत यो कुरालाई बढी महत्त्व दिँदैनन् । महिलाले चरम सुख प्राप्त गर्ने प्रसंगमा पुरुष साथीको सबैभन्दा महत्त्वपूर्ण भूमिका रहने अनुसन्धानमा उल्लेख छ । पुरुष साथीले महिला साथीलाई महत्त्व दिने बानी गरे उनीहरू चरम आनन्दतिर सहजै जान सक्छन् । अनुसन्धानअनुसार चरम आनन्दसम्म पुग्न सबैभन्दा बढी अप्ठयारो २० वर्षदेखि ३० वर्षसम्म उमेरका महिलालाई हुन्छ । ४७ प्रतिशत महिला पहिलो पटकको यौन सम्बन्धमा चरम आनन्दसम्म पुग्छन् ।
महिला सधैँ चरम आनन्दसम्म पुग्न नसक्नुमा घरायसी वातावरण पनि जिम्मेवार रहने विभिन्न अनुसन्धानले औंल्याएका छन् । महिलालाई भने यौन क्रियाका बेला कुनै अवरोधले बीचैमा रोकिनुपरे पुनः त्यही भावना ल्याउन धेरै असजिलो हुनुका साथै समयसमेत बढी लाग्छ । पुरुष भने जहाँ रोकिएका हुन्छन्, त्यहींबाट अघि बढ्न सक्छन् । यौन सम्पर्कका बेला मोबाइल, फोन, अलार्म, घडीलगायतका अवरोध उत्पन्न गर्ने सामग्री हटाउनुपर्छ । बेडरुमको प्रकाश कम गर्दा पनि वातावरण सहज हुन्छ । कसैले बेडरुमको ढोका ढकढकाउन नपाओस् भन्नेमा पनि सचेत हुनुपर्छ ।
उक्त अनुसन्धानअनुसार यसो गर्दा पनि महिलालाई चरम सुखसम्म पुग्न असजिलो भइरहेको छ भने आसन परिवर्तन गर्नुपर्छ । यसबाहेक यौन क्रियाअघि चुम्बन, आलिंगनलगायत 'फोर प्ले' मा सक्रिय हुँदा पनि लाभ हुन्छ ।
0 comments
तपाईंको प्रतिकृया