बलात्कार गरेको आरोपमा स्याङ्जामा एक जना पक्राउ
स्याङजाको साँखरमा गएको विहीवार एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
साँखर ३ सिउँनडाँडामा भएको घटनाका सम्लग्न रहेको भन्दै साँखर—९ का २०
वर्षिय सोनु भन्ने सोम वहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो । पीडित
युवतीले भनेको आधारमा अरोपित विकलाई उनकै घरबाट नियन्त्रणमा लिईएको
प्रहरीले जनाएको छ । गएको विहिवार रामपुरबाट उपचार गरेर घर फर्केकी एक १८
वर्षीया युवतीले २ वटा मोटरसाइकलमा आएका ४ जना युवाले आफूलाई सामुहिक
बलात्कार गरेको बताएकी थिइन् । घटनामा संलग्न अरुको खोजी भइरहेको रत्नपुर
प्रहरी चौकीका प्रहरी निरिक्षक कुमार श्रेष्ठले जानकारी दिनुभयो । पीडित
युवतीको पाल्पामा उपचार भइरहेको छ ।
0 comments
तपाईंको प्रतिकृया