लोकमानको नियुक्ति विरुद्ध विद्यार्थी आन्दोलित
संवैधानिक परिषद्ले पूर्व मुख्य सचिव लोकमानसिंह कार्कीलाई अख्तियार
दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्ति गर्ने गरेको सिफारिस विरुद्ध
विद्यार्थी संगठनहरु आन्दोलित भएका छन् । एमाओवादी, कांग्रेस, एमाले र नेकपा-माओवादी सहित प्रमुख दल निकट
विद्यार्थी संगठनहरुले कार्कीको नियुक्ति विरुद्ध सडक संघर्षको कार्यक्रम
ल्याएको छ । ती संगठनहरुको सोमबार बसेको संयुक्त बैठकले २४ गते देशभरका
क्याम्पस अगाडि बिहान ८ देखि १० चक्काजाम तथा प्रदर्शन गर्ने, दिउँसो
राष्ट्रपति रामवरण यादवलाई भेटेर कार्कीको नियुक्ति नगर्न ज्ञापन दिने, २५
गते दिउँसो प्रदर्शन तथा साँझ मसाल जुलुस गर्ने र २६ गते उपत्यका बन्दको
कार्यक्रम तय गरिएको नेविसंघको प्रवक्ता यूपी लामिछानेले बताए ।
कार्की र रेग्मीको पुत्ला जलाइयो
नेपाल बिद्यार्थी संघले लोकमान कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान
आयोगको प्रमुखमा सिफारिश गरिएको बिरोधमा पुत्ला दहन गरेको छ । त्रिचन्द्र
कलेजमा आयोजना गरिएको बिरोध कार्यक्रममा कार्की र अन्तरिम मन्त्रिपरिषद्
अध्यक्ष खिलराज रेग्मीको पुत्ला दहन गरिएको संघ प्रवक्ता यूपी लामिछानेले
बताए ।
कार्की र रेग्मीको पुत्ला जलाइने
विवादास्पद छविका लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुखमा
सिफारिश गरेको बिरोधमा नेपाल बिद्यार्थी संघले आन्दोलन थाल्ने भएको छ ।
संघले आज कार्की र मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीको पुत्ला पुत्ला
दहन गर्ने प्रवक्ता यूपी लामिछानेले जानकारी दिए । 'आज त्रिचन्द्र क्याम्पसमा बिरोधस्वरुप कार्की र रेग्मीको पुत्ला दहन
गछौं', उनले भने । असंवैधानिक सिफारिशको बिरोधमा सबै बिद्यार्थी संगठनले
संयुक्तरुपमा आन्दोलन गर्नेबारे छलफल भइरहेको उनले जानकारी दिए । आइतबार संबैधानिक परिषद्को बैठकले भ्रष्टाचार काण्डमा मुछिएका र जनआन्दोलन
दबाउन दोषी ठहर्याइएका कार्कीलाई अख्तियार प्रमुखमा सिफारीशको निर्णय
गरेपछि युवा बिद्यार्थीहरुले देशभरका बिभिन्न स्थानमा प्रदर्शन सुरु गरेका
छन् ।
आज बिहान राजधानीका प्राय सबै क्याम्पसमा अनेरास्वियुले बिरोध प्रदर्शन गरेका थिए ।
पार्टीले निर्देशन नदिए पनि लोकमान सिफारिशको बिरोधमा आन्दोलन गरिने लामिछानेले बताए ।
0 comments
तपाईंको प्रतिकृया