केके दिन्छौ तिम्रो भोजमा नशा पाए पिउला टिका लगाई उपहारमा आँशु राखी दिउला
सानो भन्यौ मेरो घर रोज्यौ ठुलो धुरी
अरु के नै दिन सक्छु बधाइ मुरी मुरी
केके दिन्छौ तिम्रो भोजमा नशा पाए पिउला
टिका लगाई उपहारमा आँशु राखी दिउला
आगनीमा नरमाइलो बज्ला सहनाई
आजै देखी भुलीदिनु यो दुखीलाइ
अन्माउदा माइती बनी दु:ख मानि दिउला
टिका लगाई उपहारमा आँशु राखी दिउला ।।।।।।
0 comments
तपाईंको प्रतिकृया