भुलेरनी अन्तै नाता , नजोडनु है काली !!
उतार चडाब जिन्दगीको, रित नै हो बुझ !
दुख पर्दा मेरो साथ , नछोडनु है काली !!
भन्ने ले त आकाशको नि,तारा झार्छु भन्छन !
लोभिएर त्यो मन कतै , नमोड़नु है काली !!
सुख दिन नसकेनी , दुख दिने छुइन !
सुख खोजि अन्तै बाली, नगोड़नु है काली !!
युगल जोडी,देख्दा मनमा ,हलचल बड्न सक्छ !
बेहोसी भै सीमारेखा , नतोडनु है काली !!
जिन्दगी यो तिम्रै हातमा,सुम्पिसके मैले !
छल गरेर मेरो भाग्य , नफोड़नु है काली !!
- कृष्ण हरि खड्का
किन गरियो यहाँ यारको कुरा
तिमि संग भएन प्यारको कुरा
तिमि संग भएन प्यारको कुरा
स्वार्थी देख्दा तिमीलाई आज भोली
पत्याउन छोडे मैले अखबारको कुरा
अनियन्त्रित यात्रामा पिडा बोक्दै
देखियो अनौठो संसारको कुरा
फूललाई काँडा भनि सोच्दा खेरी
मनमा आएन कहिले बहारको कुरा
गन्तब्यमा पुग्नु पर्छ भनि यहाँ
बुझ्यो यो रोहितले सहरको कुरा ।।।।
रोहित शाही 'अनुरागी '
सानो भन्यौ मेरो घर रोज्यौ ठुलो धुरी
अरु के नै दिन सक्छु बधाइ मुरी मुरी
केके दिन्छौ तिम्रो भोजमा नशा पाए पिउला
टिका लगाई उपहारमा आँशु राखी दिउला
आगनीमा नरमाइलो बज्ला सहनाई
आजै देखी भुलीदिनु यो दुखीलाइ
अन्माउदा माइती बनी दु:ख मानि दिउला
टिका लगाई उपहारमा आँशु राखी दिउला ।।।।।।
दिलमा मुटु हानी तिमी अन्तै बाटो मोडि जाँदा।
मन कस्तो भयो मेरो साथ दिई छोडि जाँदा॥
तिम्रै नाम लिंदै आज पल पल बाचेको छु,
प्रेमको फुल किन फुल्थ्यो जरै देखि गोडि जाँदा॥
दुइटा मुटु एउटै बनाइ पाईलाहरु चाल्दै थिए,
अनयासै बेहोस भए मेरो मुटु फोडि जादा॥
दुई मुटुको धड्कन त धेरै बलियो हुन्छ भन्थे,
मनका टुक्रा सम्हाल्दै छु टुक्राहरु छोडि जाँदा॥
दिलमा मुटु हानी तिमी अन्तै बाटो मोडि जाँदा।
मन कस्तो भयो मेरो साथ दिई छोडि जाँदा॥
कसै कसैको अनुहार अनौठो
विद्वान पनि विचार अनौठो
विद्वान पनि विचार अनौठो
संविधानबाट दुर भएपछी
आजभोलीको सरकार अनौठो
हातमा हतियार बोक्नेहरुको
दिन दाहडै अत्याचार अनौठो
मन्चमा कोहि भाषण गरे भने
उसको बोलीको प्रहार अनौठो
गरीबहरुको समाचार नलेख्ने
यो देशको अखबार अनौठो ।।।।
रोहित शाही 'अनुरागी '
लम्की कैलाली
हाल काठमाडौँ
लम्की कैलाली
हाल काठमाडौँ
तिमीलाई आकाश म धर्ति हुने छैन
मन्दिरहरुको मुर्ति हुने छैन
नियालेर हेर्छौ भने बारम्बार
मेरो बिचारमा गल्ति हुने छैन
म दुई पैसाले काम चलाउछु
यथार्थमा रित्तो खल्ती हुने छैन
असफल हुन्छ भने तिम्रो सामु
पक्कै पनि भेट्ने चल्ती हुने छैन
प्रत्येक पलहरुमा भए पछि खुसि
हासो रोदनमा भर्ति हुने छैन।।।।
रोहित शाही 'अनुरागी '
लम्की कैलाली
हाल काठमाडौँ
मन्दिरहरुको मुर्ति हुने छैन
नियालेर हेर्छौ भने बारम्बार
मेरो बिचारमा गल्ति हुने छैन
म दुई पैसाले काम चलाउछु
यथार्थमा रित्तो खल्ती हुने छैन
असफल हुन्छ भने तिम्रो सामु
पक्कै पनि भेट्ने चल्ती हुने छैन
प्रत्येक पलहरुमा भए पछि खुसि
हासो रोदनमा भर्ति हुने छैन।।।।
रोहित शाही 'अनुरागी '
लम्की कैलाली
हाल काठमाडौँ
प्रत्येक सीमाका किल्लाहरू , हराउँदै छन्
प्रत्येक नेपालीले माटो , विराउँदै छन् ।।
प्रत्येक नेपालीले माटो , विराउँदै छन् ।।
निरीह माटो छट्पटाउँदा , हेरिरहे मात्र
कमजोरी थाहा भएरै होला , पिराउँदै छन् ।।
मै हुँ भन्ने वादशाहहरूले , पनि केही गरेनन्
प्रत्येक नेपालीको त्यो शिर ,अब गिराउँदै छन् ।।
आफ्नै भूमिमा टेक्दा ,उनको कुटाइ खानु छ
विदेशी सैनिक चाहीँ , हामीमा कराउँदै छन् ।।
अन्तर्राष्ट्रिय कानुन , ठाडै उल्लँघन गरी
बल पूर्वक बन्दुक तेर्साइ , डराउँदै छन् ।।।
रमेश प्रधान
धरान
तिम्रो नाममा धेरै लेखे अब लेख्दिन
आफ्नो खुसि गर तिम्रो बाटो छेक्दीन
एक्लै बस्छु तिम्ले बरु अन्तै रोजे नि
मृत्यु रोज्छु.... पराइको संघार टेक्दीन
भुल्ने कोसिस नगरेको हैन मैले पनि
नजर खोल्छु तिमि भन्दा अरु देख्दिन
चुहाएर अश्रुधारा भिजेका यी नयनलाइ
पराइको पछेउरी मा कैले सेक्दीन
तिम्रै यादमा सारा जीवन काट्छु रोएरै
संगालेर राक्छु चिठी फोटो फेक्दीन ।।।।।
आफ्नो खुसि गर तिम्रो बाटो छेक्दीन
एक्लै बस्छु तिम्ले बरु अन्तै रोजे नि
मृत्यु रोज्छु.... पराइको संघार टेक्दीन
भुल्ने कोसिस नगरेको हैन मैले पनि
नजर खोल्छु तिमि भन्दा अरु देख्दिन
चुहाएर अश्रुधारा भिजेका यी नयनलाइ
पराइको पछेउरी मा कैले सेक्दीन
तिम्रै यादमा सारा जीवन काट्छु रोएरै
संगालेर राक्छु चिठी फोटो फेक्दीन ।।।।।
आरति अधिकारी
इटहरी
आज मन रोएको छ कही कतै चिसो पसेको छ खोइ !!!
म झुक्किदैं छु कि कोही थगिदै छ म भुल्दै छु कि
कोही अल्मलिदै छ अहं ठम्याउन सकिएन
आज मन दुखेको छ चिरा चिरा फाटेको छ खोइ!!
म झुक्किदैं छु कि कोही थगिदै छ म भुल्दै छु कि
कोही अल्मलिदै छ अहं ठम्याउन सकिएन
आज मन दुखेको छ चिरा चिरा फाटेको छ खोइ!!
म हराउदै छु कि कोही टाढिदै छ म अलगिदै छु कि
कोही रिसाउदै छ अहं छुट्याउन सकिएन
आज मन साचैं सुन्य छ मन आज बोल्ने धुनमा छैन
किनकी लाग्दै छ आज म सगं कोही खेल्दै छ
जित्ने चाहनामा आँफै सँग हार्दै छ
सुनिल बज्राचार्य
काठमाडौँ
चारै तिर आधिहुरी चल्दै थियो
हाम्रो मायाको पर्खाल ढल्दै थियो
को आएर लाग्ने भयो उनलाई सुट्क्क
मेरो हृदयमा आगो बल्दै थियो
भेट्न भनि जादा उनको घरमा
हिडिरहेको बाटोले मलाई छल्दै थियो
उनको हात मैले समाउन खोज्दा
मलाई कसैले पछाडी फाल्दै थियो
अन्तिम छटपटीमा म उनको सामु
ति तस्बिर उसले नियाल्दै थियो
रोहित शाही 'अनुरागी '
उनि जस्ती मैले हजार देखे
माया प्रेमको यहाँ बजार देखे
शहरको गल्ली गल्लीमा खोज्दा
झुपडीमा बस्नेको दरबार देखे
त्यो गाउमा लुकामारी खेल्ने संग
नचिने पछि बेकार देखे
यहाँ पाउदा मैले आज भोली
उनको शरीरको व्यापार देखे
अन्जानमा यो रोहितको सामु
योवनमा हराएको बारबार देखे
रोहित शाही 'अनुरागी '
पुर्णिमाको रातमा जुनको किन कुरा गर्छौ
मलाई माया गर्ने उनको किन कुरा गर्छौ
म सबैको ढुकढुकी अनि प्रिय हुदा
चर्को बनाइदिने नुनको किन कुरा गर्छौ
दुइ चार पैसाको पित्तल मात्र खोज्ने संग
बहुमुल्य त्यो सुनको किन कुरा गर्छौ
आँखा लगाउदा मेरो स्वभाबिक पाटोमा
इमान्दारिताको सामु मुनको किन कुरा गर्छौ
जन्मे हुर्के आफ्नै घर सजाउदा खेरी
रातो माटोको स्वरुपमा चुनको किन कुरा गर्छौ
रोहित शाही 'अनुरागी'