News
»
इतिहास रच्दै नेपाल पहिलो पटक डिभिजन टू मा प्रवेश फाइनलमा युगाण्डालाई हरायो
इतिहास रच्दै नेपाल पहिलो पटक डिभिजन टू मा प्रवेश फाइनलमा युगाण्डालाई हरायो

बैशाख २३ गते
प्रतियोगिताको फाइनलमा आज नेपालले युगाण्डालाई ५ विकेटले हराएको छ
।बर्मुडाको सेन्ट डेभिडमा युगाण्डाले टस जितेर ब्याटिंग रोजेपछि युगाण्डाले
१५१ रन बनायो । १५२ रनको लक्ष्य नेपालले ३९.२ ओभर खेलेर ५ विकेटको
क्षतिमा पूरा गरेको हो । उकालो लाग्दै गरेकोनेपाली क्रिकेट टिम पहिलो पटक
आइसीसी डिभिजन टू मा प्रवेश गरेको छ । बर्मुडामा जारी डिभिजन थ्रीको
शनिवार भएको खेलमा ईटालीलाई भारी अन्तरले हराएसंगै नेपालले इतिहास रचेको हो
। शनिवार भएको खेलमा इटलीमाथि गणितिय हिसावमा आवश्यक अन्तरको जित र
अमेरिका बर्मुडासँग नेपाललाई आवश्यक पर्ने अन्तरको अधारमा पराजित भएपछि
नेपाली क्रिकेट टिमले आगामी सन् २०१४ मा न्यूजिल्याण्डमा हुने विश्वकप
छनौटमा ठाउँ बनाउन सफल भएको छ ।६ टिम सहभागी रहेको डिभिजन थ्रीका अमेरिका र
युगाण्डासंग भएका दुई खेलमा पराजित भएको नेपालले त्यसपछिका सबै तीन खेलमा
लगातार सानदार जीत हाँसिल गरेको थियो । लिगको अन्तिम खेलमा शनिवार राति
नेपालले इटालीलाई ८ विकेटले हराएको थियो ।
0 comments
तपाईंको प्रतिकृया