दाङ्की एक महिलाले भर्खरै जन्मेको छोराको हत्या

 बैशाख २३ -
  दाङ्की एक महिलाले भर्खरै जन्मिएको आफ्नो छोराको हत्या गरेकी छन् । विजौरी ४ का ३५ वर्षीया कुमारी नेपालीले भर्खरै जन्मिएको छोरालाई विजौरी ४ को धनकन्या चोकमा फालेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
विवाहित नेपालीले छोराको हत्या गर्नुका कारण भने खुल्न सकेको छैन ।
उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World