नेपाल प्रहरीमा छ हजार जनशक्ति थप्ने
वैशाख २३ -
६ हजारमध्ये १ हजार ७ सय ५० जना न्यायालय सुरक्षाका लागि खटिनेछन् । गत
वर्ष सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्या भएपछि न्यायालय
सुरक्षाका लागि विशेष रूपमा प्रहरी परिचालन गर्ने योजना बनेको हो । आगामी
मंसिरभित्रमा चुनाव हुने अपेक्षाअनुरूप तुरुन्तै भर्ना खोलेर तालिम सुरु
गरिने अधिकारीहरूको भनाइ छ । चुनावमा तालिमरत प्रहरी जवान र अधिकृतहरूलाई
पनि खटाइने जानकारी उनीहरूले दिए ।
लामो समयदेखि नेपाल प्रहरीमा दरबन्दी थपिएको छैन । निवृत्त भएर खाली
भएकामा मात्रै भर्ना लिइँदै आएको छ । सहरी क्षेत्रमा बढ्दो जनसंख्याले
सिर्जना गरेको सुरक्षा चुनौती धान्न वर्तमान प्रहरी संख्या निकै अपुग छ ।
नेपाल प्रहरीमा अहिले ६१ हजार मात्रै जनशक्ति छ ।
0 comments
तपाईंको प्रतिकृया