दुई मुटुको धड्कन त धेरै बलियो हुन्छ भन्थे,

दिलमा मुटु हानी तिमी अन्तै बाटो मोडि जाँदा।

मन कस्तो भयो मेरो साथ दिई छोडि जाँदा॥

तिम्रै नाम लिंदै आज पल पल बाचेको छु, 

प्रेमको फुल किन फुल्थ्यो जरै देखि गोडि जाँदा॥

दुइटा मुटु एउटै बनाइ पाईलाहरु चाल्दै थिए,

अनयासै बेहोस भए मेरो मुटु फोडि जादा॥

दुई मुटुको धड्कन त धेरै बलियो हुन्छ भन्थे,

मनका टुक्रा सम्हाल्दै छु टुक्राहरु छोडि जाँदा॥

दिलमा मुटु हानी तिमी अन्तै बाटो मोडि जाँदा।

मन कस्तो भयो मेरो साथ दिई छोडि जाँदा॥

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World