बैतडीमा बम बिष्फोट, एक बालकको मृत्यु

२१ बैशाख, 
 बैतडी भएको बम विष्फोटमा परी एक बालकको ज्यान गएको छ । अन्य एक जना बालक घाइते भएका छन् । वैतडीको बाशुलिङ-२, ग्वानीमा शनिवार साँझ ६ बजे सकेट बम विष्फोट हुँदा बाशुलिङ-२ का ११ वर्षीय बालक इश्वर विष्टको ज्याय गएको प्रहरीले जनाएको छ ।
          घाइते ६ बर्षीय बालक दिपक बिष्टको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते दिपको अवस्था सामान्य रहेको प्रहरीले अस्पतालले जनाएको छ । बम कस्ले र किन राखेको हो भन्नेवारे खुल्न सकेको छैन । घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World