विधुवा बनिन रे कोमल ओली
ब्याच्लर कोमल ओलीलाई सिनेमा ‘राजनिति’ मा एक विधुवा पात्रको रुपमा देख्न
पाइनेछ । महानायक राजेश हमालको अपोजिटमा देखिएकी कोमलको राजनिति डेव्यू
सिनेमा हो । 'राजनिति' मा कोमल कसरी विधुवा बन्छिन् ? निर्देशक बसन्त
निर्रौलाले यो कुरालाई गोप्य नै राख्न चाहे । उनले भने, ‘ यो सिनेमा
नेपालको प्रत्यक्ष राजनितिक घटनासँग जोडिएको सिनेमा हो । नेपालको पछिल्लो
चरणको राजनितिलाई त्यती मन नपराइएपनि दर्शकहरुले सिनेमालाई मन पराउनु हुन्छ
भन्ने आश छ ।’ कोमलले पनि सिनेमा ‘राजनिति’ लाई धेरै नै महत्वपूर्ण
प्रोजेक्ट रहेको बताउँदै आएकी छिन् । उनको आशालाई दर्शकले कत्तिको साथ
दिन्छन् ? त्यो भने सिनेमा रिलिज पश्चात नै थाहा हुनेछ । दिपक सुवेदी र
दिपक भट्टराईको संयुक्त लगानी रहेको यो सिनेमा हिन्दी सिनेमा ‘राजनिति’ सँग
एक छेउ पनि मेल नखाने निर्देशक निर्रौलाले दाबी गरे । उनले भने, ‘भारत र
हाम्रो राजनितिक पृष्ठभुमी नै फरक छ भनेपछि सिनेम मिल्ने त कुरै भएन ।’
सिनेमामा कोमल र राजेशको साथमा निर्माता सुवेदी स्वयम् र पवित्रा आचार्यको
मुख्य भुमिका रहेको छ । हाल पोष्टको पहिलो चरणमा रहेको ‘राजनिति’ भदौसम्म
रिलिजमा आउने बताइएको छ । यद्यपी ओभरसिजमा भने यो सिनेमा नेपाल भन्दा
पहिल्यै रिलिज गर्ने निर्देशक निर्रौला जानकारी गराउँछन् । किरण माइकलको
स्क्रिप्ट एवम् अष्ट महर्जको फाइट डिरेक्सन रहेको ‘राजनिति’ मा अर्जुन
पोखरेल, लोचन र सानको संगीत रहेको छ । कोरियोग्राफी भने शिव वि.क र प्रदीप
श्रेष्ठले गरेका छन् ।
0 comments
तपाईंको प्रतिकृया