कस्तो अच्चम आफ्नो भाग्य पनि अरुकै हातमा

icc world leauge division 3२१ वैशाख,
 बर्मुडामा जारी आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन थ्रीको आफ्नो अन्तिम खेलमा नेपालले शनिवार इटलीसंग प्रतिस्पर्धा गर्दैछ । खेल साँझ सवा ७ बजे सेन्ट डेभिड्स मैदानमा हुने छ । यही खेलवाट नेपाल डिभिजन टुमा प्रवेश गर्ने वा डिभिजन थ्रीमै रहने भन्ने टुंगो लाग्ने छ । शनिवार इटलीलाई नेपालले इटलीमाथि भारी अन्तरको जित हात पारेमात्रै डिभिजन टुमा पुग्ने छैन । बर्मुडाले अमेरिकालाई हराएको खण्डमा मात्रै नेपाल डिभिजन टुमा पुग्ने छ । नत्र नेपालको अघिल्लो चरण प्रवेशको सपना तुहिने छ ।युगान्डा ४ खेलवाट ४ मै जित निकाल्दै ८ अंकका साथ यसअघि नै डिभिजन टुमा प्रवेश गरिसकेको छ । अमेरिका ४ खेलमा ३ मा जित र एकमा हारसंगै ६ अंकका साथ दोस्रो स्थानमा छ ।
        यस्तै नेपाल नेपाल ४ खेलमा २ मा जित २ मा हारसंगै ४ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ भने बुर्मडाको ४ खेलमा २ जित र दुई हारसंगै ४ अंक भएपनि रननेटका आधारमा ऊ चौथौ स्थानमा छ । ओमान ४ खेलमा एक जित र तीनमा हार ब्यहोर्दै २ अंकका साथ पाँचौ स्थानमा छ भने अहिले सम्म एक खेलपनि जित्न नसकेको इटली भने पुछारमा छ ।

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World