रणविर कपुर मुम्बई एयरपोर्टमा फस्नुको कारण
बैशाख २२ गते
बलिउड नायक रणविर कपुर मुम्बई एयरपोर्टमा ३ घन्टा रोकिएका छन् । लण्डनबाट
र्फकदै गर्दा उनी तिन घन्टा एयरपोर्ट कर्मचारीको निगरानीमा फसेका हुन् ।
उनका साथमा केही ड्युटी फ्रि सामान भेटिएपछि एयरपोर्टका कर्मचारीले
रणविरलाई ३ घन्टा केरकार गरेका थिए ।३ घन्टाको केरकार पछि रणविरलाई ५० हजार
जरिवाना तिराएर छोडिएको थियो । रणविरले ड्युटी फ्रि सामान ल्याएको खबर
कस्टम ड्युटी अफिसर्सलाई गराइएको थिएन । यसैले पनि रणविरलाई तिन घन्टा
केरकार गरिएको हो ।
रणविरले आफ्नो कपडाको साथमा ड्युटी फ्रि
सामान ल्याएको बताइएको छ । बलिउडका कलाकारहरु विदेशबाट र्फकदा यस्ता ड्युटी
फ्रि सामान ल्याउने गर्दछन् । तर यसको जानकारी कस्टम ड्युटी अफिसर्सलाई
नगराउँदा यस्तो समस्या झेल्ने गर्दछन् ।
0 comments
तपाईंको प्रतिकृया