काठमाडौंमा भएको आगलागीमा ३ को मृत्यु

काठमाडौं, बैशाख २२ -  
राजधानीको हनुमानढोकानजिकै स्टोभ पड्केर भएको आगलागीमा तीन जनाको मृत्यु भएको छ ।काठमाडौँ महानगरपालिका- १९ ढोका टोलमा स्टोभ पड्केर भएको आगलागीमा दुई बालकसहित तीन जनाको मृत्यु भएको हो । आगलागीमा मोरङकी देवकला मगर र दोलखाका ६ वर्षीय छोरा राजीव सिवकोटी र तीन वर्षीय सञ्जीव सिवाकोटीको  मृत्यु भएको हो ।
         काठमाडौँ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्रबहादुर सिंहका अनुसार तीनै जना डेरा गरेर बस्ने हुन् । साँझ ७ बजे उठेको आगो करिव एक घण्टापछि नियन्त्रणमा आएको ठकुरीले जानकारी दिए ।

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World