नेपाली राष्ट्रिय क्रिकेट टीम ५० ओभरको विश्वकप छनौंट खेल्न पाउने

बैशाख २२ -
 पछिल्लो समयमा उत्कृष्ट लयमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टीम विश्व क्रिकेट लिग डिभिजन दुईमा बढुवा भएको छ । केहि बेर अघि सकिएको डिभिजन ३ अन्तर्गत समूह चरणको अन्तिम  खेलमा बर्मुडाले अमेरिकालाई हराएपछि नेपालको भाग्य खुलेको हो । अमेरिका र नेपालको समान ६-६ अंक भए पनि नेपाल अमेरिकाको भन्दा राम्रो रनरेटका आधारमा डिभिजन तीनको अन्तिम दुईमा पुगेको हो । आजैको खेलमा नेपालले इटालीमाथि ८ विकेटको जित दर्ता गर्दै रनरेट राम्रो बनाएको थियो ।
डिभिजन तीनको फाईनलमा नेपालले आईतबार युगाण्डासँग खेल्ने छ ।
डिभिजन २ मा बढुवा भएसँगै नेपालले २०१५ मा आयोजना हुने ५० ओभर विश्वकपको छनौंट खेल खेल्न पाउने भएको छ । सन् २०१४ मा न्यूजील्याण्डले आयोजना गर्ने छनौंट खेलमा डिभिजन तीनका फाईनलिस्ट दुई देशसहित १० देशको सहभागिता रहने छ । १० देश मध्ये पहिलो र दोश्रो हुने देशले अष्ट्रेलिया र न्यूजिल्याण्डले संयुक्तरुपमा आयोजना गर्ने विश्वकप क्रिकेट २०१५ खेल्न पाउनेछन् ।

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World