गर्मीयाममा यी खानेकुरा खाँदा होस पूराउनुहोस्
मासु : रातो मासु,
प्रउन जस्ता गर्मी पैदा गर्ने मासुजन्य खानेकुरा पनि गर्मी महिनामा धेरै
खानु हुँदैन । यस्तो मासुजन्य पदार्थको बढि सेवनले पेट खराब गर्ने र
झाडावान्ता गराउने सम्भावना हुन्छ ।
रोटी : गहुँको पिठो तथा
आटाबाट बनाइएको रोटी गर्मी महिनामा खानु उति लाभदायक मानिँदैन । रोटी
पचाउन गाह्रो हुन्छ । त्यसैले बिहानको भोजनमा भात नै खानुहोस् र रोटी
खानैपरे बेलुकीको भोजनमा समावेश गर्नुहोस् ।
रोष्ट गरिएका परिकार : रोष्ट गरिएका मासुजन्य तथा अन्य परिकार पनि गर्मी महिनामा बढि नखानु बेस हुन्छ । गर्मी महिनामा आँप खान सबैलाई मीठो लाग्छ ।
तर दिनको १।२ गोटाभन्दा बढि आँप खाँदा सरीरमा गर्मी बढ्ने र पेट खराब हुने
लगायतका समस्या देखिन सक्छन् । त्यस्तै किशोरकिशोरीले बढि आँप खाएमा
डण्डीफोर अधिक आउने समस्या देखिन्छ ।
जंक फुड तथा बढि तेल मिसिएका खाद्यपदार्थको सेवन पनि कम गर्नुपर्छ । यस्ता परिकारबाट फूड प्वाइजनिङको सम्भावना बढ्छ ।
सरीरलाई चिसो बनाउन आइसक्रिम तथा कोल्ड
डि्रंक्स खाइन्छ । तर सरीर चिसो बनाउने नाममा आइसक्रिम र कोल्ड डि्रंक्स
बढि खाँदा त्यसले स्वास्थ्यमा नराम्रो असर पूराउँछ । गर्मीमा चिया र कफी पनि दिनमा १।२ कप भन्दा बढि नखानु नै बेस हुन्छ ।
0 comments
तपाईंको प्रतिकृया