मलेसियाका विपक्षीद्वारा आन्दोलनको घोषणा

वैशाख २४ गते 
                      मलेसियामा गत आइतबार भएको निर्वाचनको प्रतिपक्षी दलका नेता अनबर इब्राहिमले बिरोध गरिरहेका बेला सरकारले बेवास्ता गरेको भन्दै प्रतिपक्षी दलहरुले आन्दोलनको घोषणा गरेका छन् ।प्रतिपक्षी दलका नेता अनबार इब्राहिमले उक्त निर्वाचनमा सत्ताधारी दलले सरकारी स्रोत र साधनको दुरुपयोग गरी निर्वाचन परिणाम आफ्नो हातमा पार्न सफल भएको आरोप लगाउनुभएको छ । उहाँले हिजो नै सो निर्वाचनको परिणाम नमान्ने बताउनुभएको हो ।    मलेसियाको सत्ताधारी दल बरिसन नेसनल फ्रन्टले हिजोको सो निर्वाचनमा १३३ मत प्राप्त गरेको छ । मलेसियाको संसदका २२२ स्थानमध्ये उक्त दलले हात पारेको सो सङ्ख्या बहुमत हुन्छ।
        सत्ताधारी दलका नेता तथा हालका प्रधानमन्त्री नाजिव रजाकले नेतृत्व गरेको सोही दलले आगामी सरकारको पनि नेतृत्व गर्ने भएको छ । प्रधानमन्त्रीका रुपमा रजाकले हिजै पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।  प्रतिपक्षीले पुन निर्वाचनको माग गरेका छन् । इब्राहिमले पुन निर्वाचनको माग गर्नुभएको हो । उहाँको दलले ८९ स्थानमा मात्र विजय हासिल गरेको छ । उहाँहरुको मागको सुनुवाई नै नगरी प्रधानमन्त्रीले सपथ लिएको भन्दै उहाँले आन्दोलनको घोषणा गर्नुभएको बताइएको छ ।  उता हिजो विजय हासिल गरेको दलका नेताका तर्फबाट प्रधानमन्त्री रजाकले भने सो निर्वाचन परिणाम मान्न र राष्ट्रिय सहमतिका आधारमा अघि बढ्न आग्रह गर्नुभएको छ ।
    उहाँले निर्वाचनको पुन मतगणना वा पुन निर्वाचन भने हुन नसक्ने बताउनुभयो । उहाँले निर्वाचन परिणामपछि विज्ञप्ति प्रकाशन गरी सो विषयमा जानकारी गराउनुभएको पनि समाचारमा जनाइएको छ ।
 मलेसियाली प्रधानमन्त्री रजाकले सोमबार प्रधानमन्त्री पदको दोस्रो पदावधिको सपथग्रहण गर्नुभयो । छपन्न वर्षीय प्रधानमन्त्री रजाकको सत्ताधारी गठबन्धनले आइतबार सम्पन्न निर्वाचनमा ५६ वर्षसम्मको शासनलाई अझै लम्ब्याएको छ ।  प्रतिपक्षी नेता अनवर इब्राहिमले यो निर्वाचनलाई मलेसियाको इतिहासमा नै सबैभन्दा नराम्रो धाँधली भएको अरोप सत्तापक्षीय दलहरुलाई लगाउनुभएको छ ।  प्रतिपक्षी दलहरूले सत्ताधारी राष्ट्रिय मोर्चाले धाँधली गरेको र निर्वाचन आयोग पनि पक्षपाती भएको आरोप लगाएका छन् । उनीहरुले सरकारका विरुद्ध सडक आन्दोलन गर्ने भएका बताइएको छ ।

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World